पोखरामा भोलि संचारकर्मीहरुको पाँच किलोमिटर दौड हुदैँ, नाम दर्ता आज ४ वजेसम्म
22-June-2017


उमा आलेमगर
पोखरा, ०८ असार

पोखरामा भोलि शुक्रवार सञ्चारकर्मीहरुबीच ५ किलोमिटर दौड प्रतियोगिता हुदैछ । भूतपूर्व खेलाडी मञ्च नेपालले अन्तर्रा्ष्ट्रिय ओलम्पिक दिवसको अवसर पारेर दोस्रो पटक शिवशंकर रञ्जितको स्मृतिमा संचारकर्मी दौड प्रतियोगिताको आयोजना गरेको हो । 


प्रतियोगितामा सहभागिता जनाउनको लागि कम्तीमा १५ जनाको समूह हुनुपर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा पत्रकार महिला र पुरुष दुवैको छुट्टाछुट्टै समूह हुनेछ भने प्रतियोगिहरुले २० रुपैयाँ तिरेर नाम दर्ता गराउनुपर्नेछ । रन फर फनमा सहभागिता जनाउनेहरुलाई भने शुल्क लाग्ने छैन् । प्रतियोगिता सहभागि जनाउनको लागि आज अपराह्न ४ वजेसम्म नाम दर्ता गराउनुपर्ने संस्थाका अध्यक्ष तेजबहादुर गुरुङले बताए ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने पुरुष तथा महिला पत्रकारले दुवैले जनही क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार रुपैयाँको साथमा पदक तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ , भने ५ किलोमिटर दौड पुरा गर्ने सबैले सहभागिताको प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । मानवअधिकार चोकबाट शुरु हुने ५ किलोमिटर दौड महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक, सिर्जनाचोक, जाल्पारोड, बगालेटोल हुदै सिद्धार्थचोक भएर पुन मानवअधिकार चोकमा पुगेर समापन हुनेछ ।

सधै समाजको परिवर्तनमा विविध पक्षमा समाचार सम्प्रेषण गर्ने सञ्चारकर्मीलाई आफै समाचार बनिरहदा यसले खेल संस्कृति अभिवृद्धि गर्नमा अन्त्यन्तै ठुलो भूमिका खेल्ने आयोजकको विश्वास छ । स्मरण रहोस, गत वर्ष मञ्चले आयोजना गरेको ५ किलोमिटर सञ्चारकर्मी दौडमा पुरुषतर्फ भीम थापा र महिला तर्फ तारा पौडेल प्रथम भएका थिए ।

Write a Comment

Events
Random Picks