बुद्ध विशाल र टे«ेड मल व्यवसायी अन्तर व्यवसायी फुटसल प्रतियोगिताको फाईनलमा
7-July-2017


उमा आलेमगर
पोखरा, २४ असार


पोखरा टे«ेड मल व्यवसायी समिति क र बुद्ध बिशाल बजार व्यापारिक एशोसियसन अन्तर व्यवसायी फुटसल प्रतियोगिता २०७४ को फाईनलमा प्रबेस गरेका छन । साँघुमुख महेन्द्रपुल बजार समितिको आयोजनामा पोखरा गैह््रापाटनमा रहेको पोखरा फुटसल एरिनामा शुक्रबार भएको खेलमा दुबै समुहले जित हासिल गर्दै उपाधिको लागि फाइनलमा यात्रा तय गरेका हुन । फाईनल खेल शनिबार भएको प्रतियोगिता संयोजक मोतिराज तिमिल्सिनाले बताए ।

समुह एमा रहेको ट्रेड मलले पहिलो चरणमा कस्मेटिक व्यवसायी संघलाई, क्वाटरफाईनलमा नेपाल सुनचाँदी व्यवसायी संघलाई र पहिलो सेमिफाईनलमा नेपाल औषधी व्यवसायी सघंलाई पराजित गर्दै फाईनलमा यात्रा तय गरेको हो । समुह खमा रहेको बुद्ध विशालले पहिलो चरणमा कपडा व्यवसायी एशोसियसन खलाई, क्वाटरफाईनलमा पश्चिमाञ्चल अटोमोवाईल डिलर्स एशोसियसनलाई पराजित गर्दै दोश्रो सेमिफाईनल खेलमा फेन्सी तथा रेडिमेड संघलाई पराजित गर्दै फाइनलमा यात्रा बनाएको हो । सुक्रबार विहान भएको उद्घाटन खेलमा नेपाल औषधी व्यवसायी संघले आयोजक समितिको समुहलाई ३–० को गोल अन्तरले पराजित गरी उद्घाटन खेलमा जित निकालेको थियो । 

उक्त प्रतियोगिताको उद्घाटन गर्दै पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले यस्ता प्रतियोगिताले विभिन्न व्यवसायिहरु बिचको आपसि सम्वन्ध प्रगाढ हुने विश्वास व्यक्त गरे । विभिन्न व्यवसायिक बस्तुगत संघ संगठनहरुले संघमा सहयोगको लागि पत्र पठाए पनि संघले सहयोग नगर्ने रणनितिमा रहेको उनले बताए । उनले भने “ मेला र महोत्सव एवं व्यवसायी साथीहरुको मेहनतले संकलन भएको रकम फेरी केहि व्यवसायीहरुलाई बाढ्ने अधिकार हामीलाई छैन त्यसैले गाह््रो नमान्नु होला हामीले विभिन्न संघ संस्था सहित बस्तुगत संघहरुलाई सहयोगको बाटो रोकेका छौं । ” 

कार्यक्रम वोल्दै पोखरा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष एवं पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रविन्सन प्रजुले उद्योग बाणिज्य संघले आफ्ना बस्तुगत संघहरुले आयोजना गरेको कार्यक्रममा सहयोग गर्नुपर्ने बताए । उनले भने “ सहयोगको लागि तपाईहरु संघमा आउनुहोस हामीले छलफल गरेर केही न केही सहयोग गर्छौ । ” बजार समितिका अध्यक्ष रामेश्वर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा फेन्सि तथा रेडिमेट व्यवसायी संघ कास्कीका अध्यक्ष केशव खत्री, समितिका सल्लाहकार नारायण कोईराला, प्रतियोगिता संयोजक मोतिराम तिमिल्सिना, नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठक, समितिका सचिव सुर्यराज त्रिपाठी, सदस्य निर्मला सुवेदी लगायतले वोलेका थिए । 

उक्त प्रतियोगिता करिब १८ टिमको सहभागिता भएकोे तिमिल्सिनाले बताए । पोखराको पुरानो बजार साँघुमुख महेन्द्रपुलको बजार प्रबद्र्धन गर्न पहिलो पटक उक्त प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक तिमिल्सिनाले बताए । प्रतियोगिताका विजेताले १५ हजार, उपविजेताले १० हजार साथमा ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने भएको छ । हरेक खेलमा म्यान अफ दी म्याचलाई मेडल प्रदान गरिने भएको छ भने विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई ट्रफी प्रदान गरिने भएको छ । उक्त प्रतियोगिताको प्रथम पुरस्कार प्रयोजक चेरिष्मिा ईम्पोरियम न्यूरोड, पोखरा र दोश्रो पुरस्कार प्रयोजकमा सिद्धार्थ बैंक लिमिटेड चिप्लेढुंगा पोखरा रहेको आयोजकले जनाएको छ । 

Write a Comment