आहा रारा गोल्ड कपको आयव्यय सार्वजनिक
15-July-2017


उमा आलेमगर
पोखरा, ३१ असार

आहा रारा गोल्ड कप २०७३ को आयव्यय सार्वजनिक गरिएको छ । गत माघ ४ देखि १५ गतेसम्म पोखरा रंगशालामा भएको १५ औं संस्करणको उक्त प्रतियोगिताबाट २७ लाख ७८ हजार बचत भएको शनिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि दिएको हो ।

पोखराको सहारा क्लवले आयोजना गरेको उक्त प्रतियोगिताबाट ९७ लाख १० हजार ७ सय ६५ रुपैया आम्दानी भएकोमा र ११ दिन संचालन भएको उक्त प्रतियोगिता सम्पन्न गर्न ६९ लाख ३२ हजार ५ सय ७४ रुपैया खर्च भएको क्लवका सल्लाहकार एवं अर्थ संकलन उपसमिति संयोजक टिकाबहादुर कार्कीले बताए ।

१४ औं आहा राराबाट करिब ३५ लाख बचत भएको थियो भने यस बर्ष अघिल्लो बर्षको तुलनामा करिब ७ लाख रुपैया कम बचत भएको क्लवले जनाएको छ । बचत भएको उक्त रकम सहारा क्लवद्धारा संचालित सहारा एकेडेमीका बालकहरुको भरणपोषणमा खर्च गरिने भएको क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए । सहारा एकेडेमीमा हाल १६ जिल्लाका गरिव तथाा विपन्न बर्गका २८ जना बालकहरु रहेको महासचिव केशवराज बरालले बताए । बार्षिक रुपमा सहारा एकेडेमी संचालन गर्न करिब २२ लाख खर्च लाग्ने भएको क्लवले जनाएको छ ।

अर्थ संयोजक कार्कीका अनुसार प्रबेश टिकटबाट ४१ लाख ५० हजार ३ सय ७० रुपैया आम्दानी भएको थियो । जसमा गेट टिकटबाट ३९ लाख ८२ हजार ३ सय ७०, सिजनल टिकटबाट १ लाख ६८ हजार आार्थिक संकलन भएको कार्कीले जनाए । त्यसै गरी व्यानर एवं आर्थिक सहयोगबाट २२ लाख ६ हजार ५५, मुख्य प्रयोजक आहा तथा रारा चाउचाउबाट ११ लाख, उप–प्रायोजक माईक्रो म्याक्स मोबाईलबाट २ लाख ९७ हजार ५ सय, गोर्खा बु्रअरीबााट २ लाख ५५ हजार, पाँच विधा प्रायोजक पृथ्बीराजमार्ग बस संचालक समितिबाट १ लाख ५० हजार, नोभा सुद्ध र ताजा दुधबाट १ लाख ६० हजार लगायतका शिर्षकमा उक्त रकम आम्दानी भएको अर्थ संयोजक कार्कीले जनाए ।

त्यस्तै दैनिक खेलाडी भ्रमण खर्च म्याच मनि सहित २४ लाख २६ हजार ९ सय ६१ रुपैया खर्च भएको अर्थ संयोजक कार्कीले जनाए । त्यसै गरी प्रोत्साहन खर्च ८ लाख ५२ हजार, आयोजक टिम तयारी खर्च ६ लाख ८३ हजार १ सय २ रुपैया, प्रचार प्रसार खर्च ३ लाख २८ हजार ७ सय ९०, रेफ्रि खर्च ४ लाख ७ हजार ९ सय ७५ रुपैया, मैदान, स्टेज, प्यराफिट ब्याबस्थापन खर्च ५ लाख ६० हजार ५ सय ७० रुपैया, अतिथि सत्कार खर्च २ लाख ३३ हजार लगायतको शिर्षकमा उक्त रकम खर्च भएको अर्थ संयोजक कार्कीले जनाए । प्रतियोगितामा अमेरीका, बंगलादेश, मित्रराष्ट भारतका तीन टिम सहितको नेपालका चर्चीत क्लवहरुको गरी १२ टिमको सहभागिता रहेको प्रतियोगितामा लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी क्लवले बाजी मारेको प्रतियोगिता संयोजक केशव बहादुर थापाले बताए ।

कार्यक्रममा बोल्दै उद्योगपति, समाजसेवी एवं हिमश्री फ्ड्स प्रालिका अध्यक्ष सुर्य बहादुर केसीले सहारा क्लवले राम्रो कामलाई निरन्तरता दिदै आएकोले आफुहरुले निरन्तर रुपमा क्लवको अभियानलाई साथ दिएको बताए । फरक प्रसंगमा उनले अहिले पनि एमाले, कागेंस नेतृत्वको सरकारको समयमा पनि देश भ्रष्टचारको दलदलमा परेको आरोप लगाए । सहारा क्लवद्धारा संचालित सहारा एकेडेमीको दिगो व्याबस्थापनको लागि स्थापना गरिएको अक्षयकोषमा हालसम्म करिब एक करोड २५ लाख रुपैया संकलन भएको आचार्यले जनाए । उनका अनुसार उक्त कोषमा २ करोड पुरयाउने लक्ष्य राखिएको छ ।

यसै बिच उक्त अवसरमा नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले यस बर्ष आयोजन गर्ने पोखरा स्पोटर्स अवार्डको लागि सहारा क्लव युकेबाट प्राप्त रकम ५० हजार रुपैया समेत हस्तान्तरण गरिएको छ । सहारा युकेका सल्लाहकार भुपाल कुवंरले मञ्च कास्कीका अध्यक्ष केशव पाठक तथा सचिव रन्जन अधिकारीलाइ उक्त रकम हस्तान्तरण गरेका हुन । दोश्रो संस्करणको पोखरा स्पोटर्स अवार्ड साउन २१ गते हुने भएको मञ्चले जनाएको छ । क्लवका अध्यक्ष आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा स्वागत बरिष्ठ उपाध्यक्ष केशव बहादुर थापाले गरेका थिए भने कार्यक्रमको संचालन महासचिव केशवराज बरालले गरेका थिए ।

Events
Random Picks