गण्डकी आबासीय मा.बिमा रोहन स्मृती फुटबल प्रतियोगिता सुरु
12-August-2017


जकसन डटकम
पोखरा २८ साउन 

पोखराको लामाचौर स्थित गण्डकी आबासीय माध्यमिक विद्यालयमा रोहन स्मृती फुटबल प्रतियोगिता (लम्जुङ कप २०७४) शुक्रबारबाट सुरु भएको छ । विद्यालयका विद्यार्थी स्व. रोहन अधिकारीको स्मृतीमा कक्षा स्तरीय छैटौं सस्करणको फुटबल प्रतियोगिता सुरु भएको हो । 

कक्षा दशको आयोजनामा भएको उक्त प्रतियोगितामा जम्मा ८ टिमको सहभागी रहेको छ । नकआउट लिग सिस्टम अनुसार सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेल कक्षा १० को टिम र कक्षा १२ को टिम बीच हुने विद्यालयका खेल शिक्षक चित्र थापाले बताए । 

कार्यक्रमका प्रमुख अतिथि पुर्ब राष्ट्रिय फुटबल खेलाडी बिजय गुरुङले औपचारिक कार्यक्रमको उद्घाटन गरेका थिए । सोही अवसरमा बोल्दै गुरुङले बिद्यार्थी जिबनमा पढ्नै पर्ने र साथमा खेलकुदलाई पनि सँगै लैजान सकेको खण्डमा शरीर स्वस्थ्य रहने बताए । गुरुङले भने यो प्रतियोगितामा तपाई कुनै पनि टिम हार्नुहुन्न कित जित्नुहुन्छ कित सिक्नुहुन्छ ।

सोही कार्यक्रममै विशेष अतिथिका रुपमा रहेका गण्डकी आवासीय माबिका प्रध्यानाध्यापक रवी प्रसाद बरालले कक्षा १० का विद्यार्थीहरुले आयोजना गरेको फुटबल प्रतियोगीताले विद्यालयको गरिमा बढाउने बताए । साथै खेलकुदबाट बिशेष गरी अनुशासन जस्ता महत्वपूर्ण कुराहरु सिक्न सक्ने बरालको भनाई थियो ।   

प्रतियोगिताको बिजेता टिमले रनिङ शिल्ड, गोल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ, त्यसैगरी उप बिजेता टिमले सिल्भर मेडल र प्रमाण पत्र हात पार्नेछ भने सान्त्वना टिमले ब्रन्च मेडल र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक आशिष गुरुङले बताए । साथै खेल अवधीभर म्यान अफ दि म्याचको रुपमा एक उत्कृष्ट खेलाडीलार्ई प्रमाण पत्र द्धारा पुरस्कृत गरीनेछ भने फाईनल खेल पश्चात सर्बाेत्कृष्ट खेलाडी, सर्बाधिक गोलकर्ता, र उत्कृष्ट गोल रक्षकलाई प्रमाण पत्र प्रदान गरीने गुरुङको भनाई थियो । 

आशिष गुरुङको सभापतित्वमा भएको रोहन स्मृती फुटबल प्रतियोगिता (लमजुङ  कप) २०७४ को औपचारिक कार्यक्रममा स्वागत मन्तव्य अनिश शर्मा ब्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन सौगात केसी र आन्भी न्यौपानेले गरेका थिए । 
    

Events
Random Picks