पोखरामा पहिलो पटक शिक्षक फुटसल टुर्नामेन्ट हुने
13-September-2017


जकसन डटकम
पोखरा, २९ भदौँ

पोखरामा पहिलो पटक अन्तर विद्यालय स्तरिय शिक्षक फुटसल टुर्नामेन्ट प्रतियोगिता हुने भएको छ । विद्यालयमा अध्यापन गराउने शिक्षकहरु माझ सुमधुर एकताकोे मुल उद्देश्यका साथ सगरमाथा स्कुलमा उक्त टुर्नामेन्ट हुन लागेको हो ।

प्रतियोगिता असोज ५ र ६ गते बि फिट फुटसल मैदान, गणेश टोलमा हु“दै छ ।  पहिलो पटक हुन लागेको सो खेलको विजेताले रु. १५ हजार रुपैंया तथा ट्रफि मेडल प्राप्त गर्ने छन् भने प्रतियोगिताको उपविजेताले रु. १० हजार रुपैया सहित ट्रफि मेडल प्राप्त गर्ने छन् ।

उक्त प्रतियोगिताको टिम दर्ता रकम रु. ३ हजार राखिएको छ ।