आइसीसीले गर्यो वन डे क्रिकेटको नियम परिवर्तन, के परिवर्तन भयो त ? (पुरा पढ्नुहोस्)
27-June-2015

काठमाण्डौ १२ असार । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले वान डे क्रिकेटका केही नियममा परिवर्तन गरेको छ । बारबडोसमा दुई दिन सम्म चलेको आइसीसीको बार्षिक साधारणसभाले बलरलाई फाइदा पुग्ने गरी नयाँ नियम स्विकृत गरेको हो ।

नयाँ नियम आगामी जुलाई ५ देखी लागु हुनेछ । नयाँ नियम अनुसार अब सबै प्रकारको नो बलमा फ्रि हिट पाईनेछ । यसअघि, फुट फाउलमा मात्र फ्रि हिट पाईने नियम थियो । यो नियम ट्वान्टी २० खेलमा समेत लागु हुनेछ । नयाँ नियममा ४१ देखी ५० ओभरको बिचमा ३० यार्ड सर्कलको बाहिर ५ जना फिल्डर राख्न पाइने व्यवस्था गरिएको छ ।

यस्तै, १५ देखी ४० ओभरको बीचमा कुनै पनि पावरप्ले लिन नमिल्ने नयाँ नियममा उल्लेख छ । वान डे क्रिकेटलाई व्याट्स्म्यानको खेल मान्दै आईएकोमा संशोधन गरिएको नयाँ नियम अनुसार बलरलाई फाईदा हुनेछ । नयाँ नियम अनुसार वान डे क्रिकेटमा व्याट्स्म्यानलाई दोहोरो शतक बनाउन निकै मुस्किल हुनेछ ।

Events
Random Picks