यसै सिजनमा प्रिमियर डिभिजनमा उक्लिएको ब्राईटनको तेस्रो जित
20-October-2017


जकसन डटकम
पोखरा, ०४ कात्र्तिक

इंग्लिश प्रिमियर लिग फुटबलमा ब्राईटनले वेष्ट ह्याम युनाईटेडलाई ३–० ले हराएको छ । लण्डनस्थित वेष्ट ह्याम युनाईटेडको मैदानमा गएराति भएको खेलमा ब्राईटनलाई विजयी गराउन ग्लेन मरेले दुई तथा होजेले एक गोल गरे । यसै सिजनमा प्रिमियर डिभिजनमा उक्लिएको ब्राईटनको यो तेस्रो जित हो । 

९ खेलबाट ११ अंक जोडेको ब्राईटन अंक तालिकाको दशौं स्थानमा छ । इंग्लिश प्रिमियर लिगमा आज राति ७ खेल हुनेछन् । आज शीर्ष क्लवहरु चेल्सीले वाट्फोर्डसँग, म्यान्चेस्टर युनाईटेडले हडर्स्फिल्डसँग तथा म्यान्चेस्टर सिटीले बर्नलेसँग खेल्नेछन् ।

Events
Random Picks