आहा, रारा गोल्डकप फुटबल प्रतियोगितामा १५ लाखभन्दा बढी बचत
4-July-2015

पोखरा, असार १९ / सहारा क्लब पोखराको आयोजनामा गत वर्षको माघ २० देखि फागुन २ गतेसम्म पोखरा रङ्गशालामा भएको तेह्रौं आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा १५ लाख ४५ हजार ७६४ रुपैयाँ बचत भएको छ । 
 
उक्त प्रतियोगितामा ६९ लाख ४३ हजार २६७ आम्दानी र  ५३ लाख ९७ हजार ५०३ रुपैयाँ खर्च भएको थियो । 
 
क्लबद्वारा आज  आयोजित आयव्यय सार्वजनिक कार्यक्रममा मुख्य प्रायोजक हिमश्री फुट्स प्रालिबाट नौ लाख रुपैयाँ, गेट टिकटबाट  २३ लाख ६१ हजार ८३८ रुपैयाँ, सिजनल टिकटबाट एक लाख ७७ हजार रुपैयाँ लगायत आम्दानी भएको थियो ।
 

Events
Random Picks