एएफसी यू–१९ फुटबलमा आज नेपालले कीर्गिस्तानसँग खेल्ने
30-October-2017


जकसन डटकम
पोखरा, १४ कात्र्तिक

एएफसी अन्डर नाइन्टिन(यू–१९) फुटबल च्याम्पियनसिपका छनोट खेल आजबाट कीर्गिस्तानमा हुँदैछन् । नेपालले आफ्नो पहिलो खेलमा आजै आयोजक कीर्गिस्तानसँग खेल्नेछ ।

गत असोजमा भुटानमा भएको अन्डर एट्टिन साफ च्याम्पियनसिपको उपाधि जित्न सफल अधिकांश खेलाडी यसपटक अण्डर नाईन्टिन टोलीमा समावेश छन् । एएफसी अन्डर नाइन्टिन फुटबल च्याम्पियनसिपको छनोट चरणमा नेपालले आयोजक कीर्गिस्तानसँगै बहराइन, युएई र ओमानसँग पनि खेल्नेछ ।

राउण्ड रबिन लिगको आधारमा संचालन हुने छनौट चरणमा शीर्ष स्थान हात पार्ने टोली अर्को वर्ष हुने फाईनल चरणका लागि छानिनेछ । प्रतियोगिताका लागि एसियाका सबै टोलीलाई १० समूहमा विभाजन गरिएको छ ।

हरेक समुहका विजेतासँगै ५ उत्कृष्ट उपविजेता अर्को वर्ष हुने अण्डर नाइन्टिन एसिया कप फुटबल च्याम्पियनसिपको लागि छनोट हुनेछन् ।

Write a Comment

Events
Random Picks