पोखरा टेलिभिजनले आयोजना गर्न लागेको मिडिया कप फुटशलको तयारीमा तिब्र
3-November-2017

जकसन डटकम
पोखरा, १८ कात्र्तिक

पोखरा टेलिभिजनले मंसिरको ५ र ६ गते पोखरामा आयोजना गर्न लागेको पोखरा मिडिया कप फुटशल प्रतियोगिताको तयारी तिब्र पारेको छ । प्रतियोगितालाई सफल पार्नका लागि टेलिभिजनले विभिन्न उपसमितिहरु गठन गरेको छ ।

समितिको संयोजकमा युवराज भण्डारी, सह–संयोजकमा विनोद लामिछाने, आर्थिक समिति संयोजकमा युवराज भण्डारी तथा सदस्यहरुमा सरोज फुयाँल, बारिस एसी, सुस्मिता बाँस्तोला, हिमाल खड्का, दिपक गोदार र तीर्थ अधिकारी रहेका छन् । त्यसैगरि प्रचार प्रसार उपसमिति संयोजकमा माधब रेग्मी तथा सदस्यहरुमा विनोद लामिछाने, सुमन गुरुङ्ग र शुकदेव पौडेल रहेका छन् ।

टिम व्यवस्थापन र मेडिकलतर्फ सुरज श्रेष्ठ, आयोजक टिम व्यवस्थापनमा हिमाल खड्का, पुरस्कार तथा प्रमाणपत्रमा विनोद लामिछाने, मञ्च व्यवस्थापनमा फरहान खान र गणेश थापा, खाजा÷पानीमा तीर्थ अधिकारी र सरोज फुयाँल रहेका छन् भने अतिथि सत्कार उपसमिति संयोजकमा रोशनी गुरुङ्ग तथा सदस्यहरुमा सेबिका परियार, सरिता केसी, पुनम थापा र बारिस एसी रहेका छन् ।

रानीपौवा फुटशलमा हुने उक्त प्रतियोतिगामा पोखराका झण्डै २० वटा मिडियाहरुको सहभागिता रहने आयोजकको अपेक्षा रहेको छ । प्रतियोगितामा आयोजकले जित्नु वा हार्न भन्दापनि प्रतियोगिता सफल पार्नु महत्वपूर्ण रहेको टेलिभिजनका अध्यक्ष मनोज गुरुङ्गले बताए । सहभागि टिमले मंसिर १ गते सम्म आफ्नों टिम दर्ता गराइसक्नुपर्ने टेलिभिजनका कार्यक्रम संयोजक सुरज श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १५ हजारका साथमा खसि, शिल्ड मेडल पुरस्कार प्राप्त गर्ने छ भने दोश्रो हुने टिमले नगद १० हजारका साथमा ट्रफि मेडल पुरस्कार प्राप्त गर्नेछ । त्यसैगरि सेमिफाइनलदेखिका हरेका खेलमा म्यान अफ द म्याच, प्रतियोगिताको सर्वाधिक गोलकर्ता, अनुशासित टिम, सर्वोत्कृष्ट खेलाडीहरुले पनि छुट्टाछुट्टै पुरस्कार प्राप्त गर्नेछन् ।

Write a Comment