
जकसन डटकम
पोखरा, २६ कात्र्तिक
उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत नेपाल अहिले भारतसँग खेलिरहेको छ । भारतले टस जितेर फिल्डिङ रोजेपछि नेपालले अहिले ब्याटिङ गरिरहेको छ । मलेसियामा खेल भइरहेको छ । नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल शनिबार भएको पहिलो खेलमा बंगलादेशसँग दुई विकेटले पराजित भएको थियो ।