विश्वकप छनोटको अन्तिम खेल आज हुँदै, एसियाबाट पाँच राष्ट्र छानिए
15-November-2017

जकसन डटकम
पोखरा, ३० कात्र्तिक

अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलको अन्तिम छनोट खेलमा आज पेरु र न्यूजिल्याण्ड भिड्दैछन् । पेरुमा हुने यो खेलको विजेता टोली विश्वकप फुटबलमा छानिने अन्तिम टोली बन्नेछ । अन्तरमहादेशीय प्ले अफ्को पहिलो लेगमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका थिए ।

उता हिजो भएको प्लेअफ खेलमा होन्डुरसलाई पराजित गर्दै अष्ट्रेलिया पनि विश्वकपमा छनोट भएको छ । पहिलो लेगको खेलमा गोलरहित बराबरीमा चित्त बुझाएको अष्ट्रेलियाले दोस्रो लेगको खेलमा ३÷१ को जित हासिल गर्दै रुसको टिकट काटेको हो ।

यो सँगै विश्वकप फुटबलमा एसियाली समूहबाट ५ राष्ट्रले सहभागिता जनाउने भएका छन् । यसअघि ईरान, जापान, दक्षिण कोरिया र साउदी अरेबियाले विश्वकपमा स्थान पक्का गरिसकेका छन् ।

Write a Comment

Events
Random Picks