पाँचौ केब्स कपको प्रिक्वाटरफाइनल खेलहरु सम्पन्न
18-November-2017


जकसन डटकम
पोखरा, ०२ मंसिर

पोखरा लेखनाथ महानगरपालिका वडा नं. ११ फूलावारीस्थित कञ्चनजंगा इंिग्लस बोर्डिङ स्कुलद्धारा आयोजित पाँचौ केब्स कप २०७४ मा शनिवार प्रिक्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छ । प्रिक्वाटरफाइनलमा विजेता बन्दै डिफेन्डिङ्ग च्याम्पिय अक्सफोर्ड, ३ एञ्जल, चिरगादी, ज्ञानोदय, बालविद्या, लिटिलस्टेप, कञ्चनजंगा ए र हिलप्वोइन्ट क्वाटरफाइनमा प्रवेश गरेको हो । 
  
खेल खेलौं, निरोगी बनौ भन्ने मुल नाराका साथ आयोजित प्रतियोगिताको दोश्रो दिनको खेलमा डिफेडिङ्ग च्याम्पियन अक्सफोर्डले आयोजक कञ्चनजंगा बीलाई ५—० गोल, ३ एञ्जलले डाइमण्डलाई २—० गोल,चिरगादीले बेसलाइन बी लाई पेनाल्टी सुटआउटमा ४—३, ज्ञानोदयले अमरसिंह बी लाई पोनाल्टीमा ६—५ गोलले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो । यसरी नै बालविद्याले पोखरा लर्नसलाई पेनाल्टीमामा ३—२ गोल, लिटिलस्टेपले ताराकुञ्जलाई २—०, आयोजक कञ्चनजंगा ए ले राइजिङस्टारलाई २—०, र हिलप्वाइन्टले भाष्कर बीलाई पेनाल्टीमा ४—३ गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

यस अघि शनिवार नै भएको खेलमा कञ्चनजंगा १ ले शिवशक्तिलाई ४—०,हिलप्वाइण्टले सगरमाथा बी लाई २—१, ताराकुञ्जले डाइनामिक ए लाई ५—१ र भाष्कर बी ले डायनामिक बीलाई पेनाल्टीमा २—० गोलले पराजित गरेको थियो । अन्तर माध्यमिक विद्यालय स्तरीय ६ ए साइड फुटबल प्रतियोगिताको मंसिर ३ गते सम्पन्न हुने प्रतियोगितामा ३२ टीमको सहभागीता रहेको छ । प्रतियोगिता आयोजना गरी विद्यालयले विगतका वर्षदेखि गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई अध्ययनका साथै छात्रवृतिको व्यवस्था गर्दै आईरहेको छ । 

Write a Comment

Events
Random Picks