क्यासिलसले रुँदै छाडे म्याड्रिड
13-July-2015

जक्सन डटकम । रियल म्याड्रिडका क्याप्टेन तथा विश्व प्रसिद्ध गोलकिपर आइकर क्यासिलसले क्लब छाडेका छन् । म्याड्रिडको बर्नानेउ रङ्गशालामा पत्रकार सम्मेलन गर्दै आफू रियल म्याड्रिडबाट अलग भएको घोषणा गरेका छन् ।

पत्रकारमाझ भाबुक देखिएका क्यासिलसले रुँदै आफूले ९ वर्षको उमेरदेखि रियल म्याड्रिडको टि सर्ट लगाएको स्मरण गर्दै रियलसँगको लगाव २५ वर्षसम्म कायम रहेको बताए ।

क्यासिलसलार्इ क्लबले पोर्चुगिज क्लब एफसी पोर्टोमा पठाएपछि उनले रियल म्याड्रिडबाट अलग भएको घोषणा गरेका हुन् । आफूलाई लामो समयदेखि माया गरिदिएकोमा सबै शुभेच्छुक र समर्थकलाई सम्मेलनमा उनले धन्यवाद व्यक्त गरे ।