युएईसँग खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा, मेहबुब र सौरभले नाम फिर्ता लिए
22-November-2017


जकसन डटकम
पोखरा, ०६ मंसिर

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत युएईसँग खेल्न बन्द प्रशिक्षणमा रहने २० सदस्य नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । विश्व क्रिकेट लिगअन्तर्गत अन्तिम चरणको खेलमा युएईसँग उसकै मैदानमा दुईवटा एक दिवसीय खेल खेल्न जाने नेपाली टोली यतिबेला बन्द प्रशिक्षणमा छ ।

पहिलो चरणमा २७ खेलाडी छनोट गर्दै प्रशिक्षण शुरु गरेको नेपालले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट गरेको हो । दोस्रो चरणको बन्द प्रशिक्षणमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बिनोद भण्डारी, बसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, सागर पुन र दिपेन्द्र सिंह ऐरीले स्थान बनाएका छन् ।

यस्तै, जितेन्द्र मुखिया, आरिफ शेख, अनिल कुमार साह, दिलिप नाथ, हासिम अन्सारी, कुशल भुर्तेल, सुशील कँडेल, आसिफ शेख र रोहित कुमार पौडेलले पनि टोलीमा स्थान सुरक्षित गरेका छन् । पहिलो चरणको प्रशिक्षणमा सामेल नरेश बुढाऐर, अनिल मण्डल, सुसन भारी, सुनिल धमला र बिक्रम सोबले भने टोलीमा स्थान बनाउन सकेनन् । उता, चोटका कारण मेहबुब आलम र सौरभ खनालले टोलीबाट नाम फिर्ता लिएका छन् ।

Write a Comment

Events
Random Picks