लेकसाईड डो—जाङ्गका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण
25-November-2017


उमा आलेमगर
पोखरा, ०९ मंसिर

लेकसाईड तेक्वान्दो डोजाङ्गद्धारा आयोजित १ महिने निःशुल्क तेक्वान्दो प्रशिक्षणका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । १ महिने प्रशिक्षणको समापनको अवसरमा शनिबार पोखरामा आयोजित एक कार्यक्रमकाबीच प्रमुख अतिथि नाट्टा क्षेत्रिय संघ पोखराका अध्यक्ष दिलप्रसाद गौतमले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथि गौतमले खेलकुदले धेरै कुरा सिकाउने बताए । त्यसमध्ये अनुसाशन एक मध्ये हो भने अर्को स्वास्थ कसरी रहने र आत्मनिर्भर कसरी बन्ने भन्ने कुरा सिकाउँने उनले बताए । लगावले खेलप्रति लाग्नेको भविष्य उज्जवल हुने बताउँदै उनले हामीले जहिले पनि खेलकुदलाई प्राथमिकतामा राख्नुपर्ने बताए । तेक्वान्दो लेकसाईड डोजाङ्गका प्रमुख प्रितम कुवँरले आफुहरुले सिकेका कला अरुलाई सिकाउने जुन उद्देश्य छ त्यो सह्रानिय रहेको गौतमले बताए । गौतमले प्रशिक्षार्थीहरुलाई सिकेका कुरालाई निरन्तरता दिई व्यवहारमा लागु गर्न सुझाव दिए ।

कार्यक्रमका विशेष अतिथि कास्की जिल्ला तेक्वान्डो समितिका सचिव राजन पौडेलले नेपालमा तेक्वान्दो खेल र डोजाङ्कबारे जानकारी दिए । कार्यक्रममा बोल्दै विशेष अतिथि वडा नं ६ का सदस्य विष्णु भट्टराईले लेकसाइड डोजाङ्गका कार्यक्रमलाई निरन्तरता दिन वडास्तरिय बजेटबाट सहयोग गर्ने प्रतिवद्धजा जाहेर गरे ।

यसैगरि कार्यक्रममा डोजाङ्गका सहयोगी तारा बि.क. पत्रकार बिनोद लामिछाने पत्रकार उमा आले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।  कार्यक्रममा  प्रशिक्षार्थीहरुले एक महिनासम्म सिकेको कुराको डेमो प्रस्तुत गरेका थिए । 

उक्त प्रशिक्षणमा ४० जना बालबालिकाहरुको सहभागीता रहेको थियो भने प्रशिक्षणको क्रममा डोजाङ्गका प्रमुख प्रितम कुवँरले आफ्नो सुरक्षा कसरी गर्ने भन्ने विषयमा विपन्न वर्गका बालबालिकाहरुलाई निःशुल्क प्रशिक्षण दिएका थिए । 

ंलेकसाईड तेक्वान्दो डोजाङ्गका प्रमुख प्रितम कुवँरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सन्तोषी सुनारले गरेकी थिईन् ।