चेन्नई सुपरकिङ्ग्स र राजस्थान रोयल्सलाई दुई वर्षका लागि प्रतिबन्ध
14-July-2015

काठमाडौं, असार २९ / इण्डियन प्रिमियर लिग (आइपिएल) मा आइसिसि र आइपिएलको नियम विपरित कार्य गरेको ठहर गर्दै म्याच फिक्सिङ मुद्दामा भारतको उच्च न्यायलयको लोधा कमिटिले चेन्नई सुपरकिङ्ग्स र राजस्थान रोयल्सलाई दुई वर्ष आइपीएल खेल्न प्रतिबन्ध लगाएको छ।

अदालतले चेन्नईका मालिक गुरुनाथ मयप्पम र राजस्थान रोयल्सका मालिक एवं शिल्पा शेट्टीका पति राज कुन्द्रामाथि क्रिकेटसँग जोडिएका कुनै पनि गतिविधिमा सामेल हुन नपाउने गरी आजीवन प्रतिवन्ध लागेको छ।
आईसीसी अध्यक्ष एर्व भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईका पूर्व अध्यक्ष एन श्रीनिवासनका ज्वाईँ गुरुनाथ मयप्पम बाजी लगाउने कार्यमा संलग्न भएको र उनका कारण बीसीसीआई, आईपीएल र क्रिकेटका छवि धमिलिएको न्यायाधीशको ठहर छ।

यो प्रतिबन्धसँगै धोनीको कप्तानीमा रहेको चेन्नई सुपरकिङ्ग्स र अजिंग्या रहाणे कप्तान रहेको राजस्थान रोयल्सले दुई वर्ष आइपीएल खेल्न पाउने छैनन्। २०१३ मा भएको आइपीएल फिक्सिङमा मयप्पन र राज कुन्द्रालाई दोषी प्रमाणित गर्दै उच्च न्यायलयद्वारा गठित कमिटीले यस्तो फैसला सुनाएको हो।

Events
Random Picks