बसन्तले लिए ४ विकेट
15-July-2015

हङकङ विरूद्धको खेलमा बसन्तले रेग्मीले व्यक्तिगत चार विकेट लिएपछि नेपाललाई पाँचौ सफलता मिलेको छ। बसन्त रेग्मीले केडी साहलाई बोल्ड गरेका हुन्। यसअघि

बसन्तको बलमा प्रदिप ऐरीले मार्क चापमानलाई क्याच गरे। चापमानले ११ बलमा ९ रन बनाए।

यसअघि एघारौ ओभरको चौथो बलमा बसन्तले नै विकेट लिएका थिए। उनले अंशुमान रथलाई बोल्ड गरे। रथले ३४ बलमा १९ रन बनाएका थिए।

यसअघि नवौ ओभरको दोस्रो बलमा बसन्त रेग्मीले निजाकात खानलाई आउट बनाएका थिए। खानले १८ बलमा २५ रन बनाएका थिए।

यसअघि दोस्रो ओभरको सोमपाल कामीले पहिलो विकेट लिएका थिए। उनले इरफान अहमदलाई बोल्ड गरे।