प्याब्सन मिटमा ज्योती कुञ्जलाई जुनियर फुटबलको उपाधी
1-December-2017


जकसन डटकम
पोखरा, १५ मंसिर

निजी विद्यालयहरुको छाता संस्था प्याब्सन कास्की द्वारा पोखरामा जारी १५ औं प्याब्सन मिट अन्र्तगत शुक्रबार सम्पन्न जुनियर फुटबलको उपाधी ज्योती कुञ्ज सेकेण्डरी स्कुलले हासिल गरेको छ । सम्पन्न फाइनल खेलमा ज्योती कुञ्जले स्नो भ्यु बोर्डिङलाई १–० गोल ले पारजित गरेको हो । ज्योती कुञ्जका लागि निर्णायक गोल सन्देश रोक्काले गरेका थिए । सोही प्रतियोगितामा रेन्वो एकेडेमिक होम्स तेश्रो भएको छ । बिजेता टिमका खेलाडीलाई जिल्ला शिक्षा कार्यालय कास्कीका उप जिशिअ दामोदर सुवेदी र लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारीले मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । जुनियर फुटबल तर्फ ४८ टिमको सहभागिता रहेको संयोजक खिम गुरुङले जानकारी दिए । 

यता शुक्रबार नै सम्पन्न सिनियर फुटबल तर्फको खेल बाट सोसियल पब्लिक, स्नो भ्यु बोर्डिङ, हिल पोइन्ट र नेपाल आदर्श सेमिफाइनलमा प्रवेश गरका छन । सेमिफाइनल प्रवेशका लागि सोसियलले शान्ति कुञ्जलाई २–० गोलले, स्नोभ्यूले ग्लोबल कलेजियटलाई १–० गोलले, हिल पोइन्टले शान्तिदिपलाई २–० गोलले र नेपाल आदर्शले तारा कुञ्जलाई ३–० गोल अन्तरले पराजित गरेका थिए । सेमिफाइनलमा सोसियल स्नोभ्यू संग र हिल पोइन्ट नेपाल आदर्श संग भिड्ने छन ।

यस्तै ट्रयाक एण्ड फिल्ड तर्फ छात्र लङ जम्पमा सुयोग भण्डारी (प्रगती बोर्डिङ) प्रथम, दिवेश थापा (नेपाल आदर्श) द्वितिय र बिनम सुनार (शान्तिदिप) तृतिय भएका छन । छात्रा हाई जम्प तर्फ प्रतिक्षा सुनार (गोल्डेन नेचर) प्रथम, अर्पणा थापा (टप्स) द्वितिय र रोशनी भुजेल (वेथानी बोर्डिङ) तृतिय भइन । 

यसै गरि छात्रा भलिबल तर्फ हिलपोइन्ट, डायमण्ड बोर्डिङ, टप्स बोर्डिङ र नेपाल आदर्श सेमिफाइनल प्रवेश गरेका छन । शुक्रबारनै सम्पन्न छात्र भलिबलमा गोल्डन नेचर, हिल पोइन्ट, रेन्वो एकेडेमिक, निलगिरी, डेफोडेल र हिमाञ्चल बोर्डिङ क्वाटर फाइनल प्रवेश गरेको आयोजकले जानकारी दिएको छ । शुक्रबार नै सम्पन्न छात्र सिंगल्स् टेबल टेनिस तर्फ विपिन कार्की (डायमण्ड बोर्डिङ) ले, र सागर तिमिला (सृजना वोर्डिङ) सेमिफाइनलमा प्रवेश गरेका छन । विपिनले कार्कीले डायमण्डका जिवन विक र सागर तिमिलाले सोसियल पव्लिकका सचिन गुरुङ्गलाई पराजित गरेका थिए । छात्रा सिंगल्स तर्फ टप्सका ममता डगौराले नोवल एकेडेमीकी पूर्णिमा गुरुङलाई हराउँदै फाइनलमा प्रवेश गरेकी छन । 

टेबल टेनिस छात्र डबल्स् तर्फ सृजनाका सागर तिमिला र अशोक भण्डारीको जोडीले लिटिल स्टेपका विवेक अधिकारी र प्रमिश नेपालको जोडीलाई सेमीफाइनल प्रवेश गरेका छन । यसै गरि छात्र डवल्स्मा नै स्टेप वाइ स्टेपका विविध गुरुङ र सुलभ केसीको जोडी, हिल पोइन्टका याम गुरुङ र विनय रिमालको जोडी, र मदरल्याण्डका विजय अधिकारी र अमन पौडेलको जोडीले आ–आफ्नो खेल जित्दै सेमीफाइनल प्रवेश गरेका छन । छात्रा डवल्स् तर्फ सिर्जना वोर्डिङकी कल्पना थापा र विन्दु चालिसेको जोडी, ज्योती कुञ्जकी आश्चर्य शर्मा र रोशनी थापाको जोडी सेमिफइनल प्रवेशका छन भने  डायमण्डकी मोनिका गुरुङ र चन्दा गुरुङको जोडीले ग्लोबल कलेजियटकी युक्ति गुरुङ र सिमरन ढकालको जोडीलाई हराउँदै फाइनल प्रवेश गरेका छन । 
 
प्याब्सन मिट मंसिर १७ गते सम्म जारी रहने १५ औ प्याब्सन मिटका संयोजक एवम प्याब्सन कास्कीका बरिष्ठ उपाध्यक्ष षडानन्द गौतमले जानकारी दिए । प्याब्सन मिटमा ९० विद्यालयका ६ हजार विद्यार्थीहरुको सहभागिता रहेको छ ।