छैटौँ संगम कप फुटबल प्रतियोगिता पुष १ गतेदेखि ५ गतेसम्म
1-December-2017


उमा आलेमगर
पोखरा, १५ मंसिर


संगम क्लब पोखराले आगामी पुसमा छैटौँ संगम कप ईलाभेन ए साईड फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । क्बले आगामी पुष १ गतेदेखि ५ गतेसम्म प्रतियोगिताको आयोजना गर्न लागेको शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।  

पोखरामा फुटबल खेलाडीहरु उत्पादन गर्न र फुटबल खेलको अझ राम्रोसँग विकास गराउने उद्देश्यले आयोजना गर्न लागेको प्रतियोगिताको तयारी तिव्र पारिएको आयोजकले जनाएको छ ।

पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिताको विजेताले एक लाख २५ हजार, उपविजेताले ६५ हजार नगद सहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक खेमराज गुरुङले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई ७ हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स र उत्कृष्ट स्ट्राईकरलाई जनही ५÷५ हजार पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष शिव गुरुङ  ( माया ) ले बताए । प्रतियोगिता सम्पन्न गर्न करिब ६ लाख १० हजार खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।

प्रतियोगितालाई सफल पार्न जिल्ला खेलकुद विकास समिति कास्की, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति, पोखरा लेखनाथ महानगरपालिका कार्यालयो सहयोग र संगम एल.जी एशोसिएसनले प्रायोजन गरेको आयोजकले जनाएको छ ।

 

Write a Comment