विश्वकपका लागि ३२ राष्ट्रको समूह विभाजन, यस्तो छ खेल तालिका
1-December-2017


जकसन डटकम
पोखरा, १६ मंसिर

सन् २०१८ को १४ जुनदेखि १५ जुलाईसम्म रुसमा हुने विश्वकप फुटबलमा सहभागी हुने ३२ टिमको समूह विभाजन गरिएको छ । विश्वकपमा छनोट हुन सफल ३२ राष्ट्रलाई ८ समूहमा विभाजन गरी खेल तालिका सार्वजनिक गरिएको छ । समूह ‘ए’ देखि ‘एच’ सम्मका हरेक समूहका चार टिमले एक अर्का्विरुद्ध प्रतिश्पर्धा गर्नेछन् । प्रत्येक समूहका शीर्ष दुई टिमले नकआउट चरणमा प्रवेश पाउनेछन् ।

कुन राष्ट्र कुन समूहमा ?
समूह ‘ए’
रुस, साउदी अरेबिया, इजिप्ट, उरुग्वे

समूह ‘बी’
पोर्चुगल, स्पेन, मोरक्को, इरान

समूह ‘सी’
फ्रान्स, अस्ट्रेलिया, पेरु, डेनमार्क

समूह ‘डी’
अर्जे्न्टिना, आइसल्याण्ड, क्रोएसिया, नाइजेरिया

समूह ‘ई’
ब्राजिल, स्विटजरल्याण्ड, कोस्टारिका, सर्बिया

समूह ‘एफ’
जर्मनी, मेक्सिको, स्वीडेन, दक्षिण कोरिया

समूह ‘जी’
बेल्जियम, पानामा, ट्युनिसिया, इंग्ल्याण्ड

समूह ‘एच’
पोल्याण्ड, सेनेगल, कोलम्बिया, जापान

Write a Comment