पोखरामा संगम कप फुटवल प्रतियोगिता जारी, एपिएफको जित
17-December-2017


जकसन डटकम
पोखरा, ०२ पुस

पोखरामा जारी छैटौ संस्करणको संगम कप फुटवल प्रतियोगिता २०७४ अन्र्तगत आईतबार पहिलो चरणका ४ खेल सम्पन्न भएकाछन। पोखरा रंगशालामा आइतबार भएको पहिलो खेलमा टुडिखेल बीको समुहले बी वान भेट्रान्सको टिमलाई २–१ को झिनो गोल अन्तरले पराजित गरेको छ । टुडि खेलको जितमा अन्जन सापकोटा र दिपक तामाङले एक÷एक गोलको योगदान दिए । सापकोटाले खेलको ९ मिनेट र तामाङले खेलको १६ मिनेटमा गोल गरेका हुन। भेट्रान्सको तर्फबाट खेलको ४४ औं मिनेटमा रोसन लिम्वुले एक गोल गरेका हुन । 

दोश्रो खेलमा सशस्त्र प्रहरी वलको एपिएफले जित हासिल गरेको छ । एपिएफले ए.वाई.सी.को समुहलाई २–१ को गोल अन्तरले पन्छाएको हो । खेलको औं मिनेटमै एवाईसीका दिपेन्द्र कुंवरले डिफेन्स वल बचाउन खोज्दा आफ्नै पोष्टमा गोल हुनु नै एवाईसिलाई दुर्रभाग्य निम्तिएको थियो । खेलको सुरुवातमै एक उपहार गोल पाएको एपिएफको लागि खेलको ४० औं मिनेटमा अविरल गिरीले एक गोल गरी जित गराएका हुन। खेलको २० औं मिनेटमा एवाईसीका सुमन घलेले एक गोल गरी खेल बराबरीमा पुराएका थिए । अन्ततः पाएका केहि अवसर खेर जादा एवाईसि प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिनु पर्यो । 

तेश्रो खेलमा मिलन टोलको समुहले गौडाको मुखको समुहलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्यो । खेलको ८ औं मिनेटमा गौडाको मुखका मिलन गुरुङले बचाउन खोज्दा खोज्दै आफ्नै पोष्टमा गोल हुदा खेलको सुरु मै दुर्रभाग्य निम्तिन सुरु भएको थियो । खेलको १५ औं मिनेटमा संजय गुरुङ, खेलको ६३ औं मिनेटमा सविन नेपाली र खेलको ७१ औं मिनेटमा छविन्द्र गुरुङले एक एक गोल गरेका हुन। आईतबारको अन्तिम तथा चौथो खेलमा शितल ज्योती क्लवले ए.आई.जि.लाई ३–० को गोल अन्तरले पराजित गरेको छ । शितल ज्योतिको जितमा खेलको मिलन गुरुङ, विधान कार्की र सविन बस्नेतले एक एक गोलको योगदान दिए । गुरुङले खेलको २१, कार्कीले २४ र बस्नेतले खेलको ७० औं मिनेटमा गोल गर्दा एआईजिले एक गोल पनि गर्न सकेन । पोखराको संगम क्लवको आयोजनामा संचालन भएको उक्त प्रतियोगिता अन्र्तगत भोलि (सोमबार) पहिलो चरणकै ४ वटा खेल हुने भएको क्लवका सदस्य धिरज तामाड्डले बताए । 

Write a Comment

Events