पोखरामा संगम कप फुटवल प्रतियोगिता जारी, रन्जन स्मृतिकोे जित
18-December-2017

जकसन डटकम

पोखरा, ०३ पुस

पोखरामा जारी छैटौ संस्करणको संगम कप फुटवल प्रतियोगिता २०७४ अन्र्तगत आज (सोमबार) पहिलो चरणका ४ खेल सम्पन्न भएकाछन। पोखरा रंगशालामा सोमबार भएको पहिलो खेलमा रन्जन मेमोरियल स्मृतिको समुहले जित हासिल गरेको छ । रन्जन मेमोरियलले टुडिखेल यूनाईटेड एको समुहलाई ६–४ को गोल अन्तरले पराजित गरेको हो । रन्जन मेमोरियलको जितमा सुसान गुरुङले दुई, प्रविन गुरुङ, विजय तामाङ, असोक थापा र श्रमिक गुरुङले एक ÷एक गोलको योगदान दिए । टुडिखेलका प्रविन गुरुङ र सुदिप पाठकले दुई÷दुई गोल गरेका हुन । रन्जनका मेमोरियलका प्रविन थापाले खेलको ६ मिनेटमा एक गोल गरे भने तामाङले २९, सुसानले ५१ र ५३ मिनेटमा गोल गर्दा श्रमिकले ६१ औं मिनेटमा गोल गरेका हुन । टुडिखेलका पाठकले १३ र ५७ मिनेटमा दुई गोल गरे भने गुरुङले १८ र ३६ मिनेटमा गरी दुई गोल गरेका हुन ।

सोमबार भएको दोश्रो खेलमा वुटवलको खर्चटिकार्र एकेडेमीले पोखराको नागढुंगा क्लवलाई एक तर्फी ५ गोल बर्षाउदै दोश्रो चरणमा प्रबेस गरेको छ । खर्चटिकार्र एकेडेमीको जितमा खेलको १४ औं र ६५ औं मिनेटमा सुजल रानाले गोल गरे भने कृष्ण रानाले खेलको ४० मिनेटमा एक गोल गरे । खेलको १० र ६९ आंैं मिनेटमा मनोज श्रेष्ठले दुई गोल गरे । नागढुंगाको तर्फबाट कुनै पनि गोल हुन सकेन।

सोमबार भएको तेश्रो खेलमा आर.टि. ट्रेनिङलाई गार्डेन फुटवल क्लवले ४–० ले पाखा लगायो । गार्डेनको जितमा खेलको ३१ र ६३ औं मिनेटमा धुर्व घिमिरेले दुई गोल गर्दा सन्तोस कार्कीले ५३ र सन्तोस मर्हजनले खेलको ६० औं मिनेटमा एक गोल गरेका हुन । सोमबारको चौथो तथा अन्तिम खेलमा भद्रकालिको समुहले टुडिखेल बीको समुहलाई ४–० ले पराजित गर्यो । भद्रकालिको जितमा सुमित श्रेष्ठले खेलको ६, मनोज गुरुङलदे १५ र प्रदिप गुरुङले खेलको ४६ र ४९ औं मिनेटमा गोल गरेका हुन। टुडिखेलको तर्फबाट गोलका केहि प्रयास भए पनि गोल हुन सकेन। पोखराको संगम क्लवको आयोजनामा संचालन भएको उक्त प्रतियोगिता अन्र्तगत भोलि (मंगलबार) पहिलो चरणकै ५ वटा खेल हुने भएको क्लवका सदस्य धिरज तामाड्डले बताए ।

Write a Comment

Events
Random Picks