पोखरालाई हराउँदै विराटनगर शीर्षस्थानमा
20-December-2017


जकसन डटकम
पोखरा, ०५ पुस

इपिएल क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा पोखरालाई ३ विकेटले हराउँदै प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ। टस हारेर पहिले ब्याटिङ गर्दै पोखराले दिएको १२४ रनको लक्ष्य विराटनगरले ३ बल बाँकी छँदै ७ विकेट गुमाएर पुरा गरेको छ। विराटनगरका लागि हङकङका खेलाडी अंशुमान रथले सर्वा्धिक ६० रनको योगदान दिए। ६१ बल खेलेका उनले २ छक्का र ६ चौका प्रहार गरे। त्यस्तै बाबर ह्यातले २२ रन बनाए। त्यसपछि पारस खड्काले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो रनको स्कोर बनाउन सकेनन्।

पोखराका लागि सुसन भारी र इस्रुल्लाहले २(२ विकेट लिए। यसअघि पोखराका लागि राजेश पुलामीले ३०,सुनिल धमला १८ र इस्रुल्लाहले २१ रन बनाएपछि निर्धा्रित २० ओभरको खेलमा १२३ रन बनाएको थियो। विराटनगरका पारस खड्काले ३ विकेट लिएका थिए। यसअघि पहिलो खेलमा विराटनगरले ललितपुरलाई हराएको थियो। यो सँगै प्रतियोगितामा ४ अंकसहित विराटनगर शीर्ष स्थानमा छ।

Write a Comment

Events
Random Picks