बी थटीन संगम कपको फाईनलमा प्रबेस
21-December-2017


जकसन डटकम
पोखरा, ०७ पुस

बाजापाटन (बी) थटीन पोखरामा जारी छैटौ संस्करणको संगम कप फुटवल प्रतियोगिता २०७४ को फाईनलमा प्रबेस गरेको छ । पोखरा रंगशालामा विहिबारको भएको पहिलो सेमिफाईनल खेलमा गार्डेन क्लवलाई बी थटीनले टाईब्रेकरमा २–१ को गोल अन्तरले पराजित गर्दै फाईनलमा यात्रा बनाएको हो ।
 
७० मिनेटको निर्धारित समयमा दुबै तर्फ २÷२ गोल भएको थियो भने थपिएको अतिरिक्त २० मिनेटमा दुबै तर्फ गोल हुन नसके पछि निर्णायको लागि खेल टाईब्रेकरमा पुगेको हो । बी थटीनको जितमा टाईब्रेकरमा विदेशी मुलका खेलाडी चिब्रा र दिलीप क्षेत्रीले गोल गरे । गोल्कीपर रहेका क्षेत्री खेलमा म्यान अफ दी म्याच समेत घोषित भए । बी थटीनका विश्वास श्रेष्ठले प्रहार गरेको पेनाल्टी सुट विपक्षि गोलरक्षक बिशाल श्रेष्ठ बचाउ गरे, नवराज गुरुङले हानेको पेनाल्टी सुट पोष्ट माथिबाट बाहिरिएको थियो । 

टाईब्रेकरमा गार्डेनका विनोद गुरुङले गोल गरे भने धुर्व घिमिरे, अजय श्रेष्ठ, सन्त गुरुङ, दिवस उदयले गोल गर्न चुके संगै गार्डेन प्रतियोगिताबाट बाहिरिएको हो । बी थटीनका विश्वास श्रेष्ठले खेलको २८ र गोविन केसीले खेलको ३५ औं मिनेटमा एक एक गोल गरेका हुन । गार्डेनका दिवस उदयले खेलको ६२ औं मिनेटमा एक गोल गरे भने बी थटीनका अजय गुरुङले गार्डेनलाई एक उपहार गोल दिए । अजयले डिफेन्स लाईनबाट बल बचाउन खोज्दा आफ्नै पोष्टमा खेलको ६९ औं मिनेटमा गोल हुन पुगेको थियो । 

सहारा क्लव र एल.जी. एशोसियसन बिच विहिबार भएको दोश्रो सेमिफाईनल खेल स्थगित भएको छ।  निर्धारित समय र थपिएको २० मिनेटमा दुबै तर्फ गोल हुन नसके पछि टाईब्रेकरमा धकेलिएको खेलको क्रममा दुबै तर्फ २÷२ गोल भए पछि वेलुका प्रकाश नपुगेर अध्यारो भएकोले खेल स्थगित हुन पुगेको हो । उक्त खेल विहान पुनः ८ः३० बजे देखि संचालन हुने भएको आयोजकले जनाएको छ । टिमहरु आयोजकले दिएको समय भन्दा ढिलो उपस्थित भएको कारणले विहिबार दुई खेल हुदा पनि समयमै उक्त खेलको नजिता आउन सकेन । 

उपाधिको लागि बाजापाटन (बी) थटीनले भोलि (सुक्रबार) हुने दोश्रो सेमिफाईनल विजेता टिमसंग फाईनल खेलमा भिड्ने भएको छ । फाईनल खेल सुक्रबार दिउसो १ बजे पछि हुने भएको संगम क्लवका अध्यक्ष शिव गुरुङ (माया) ले बताए । पुष १ गते देखि संचालन भएको उक्त प्रतियोगितमा एपिएफ सहितका २३ टिमको सहभागिता रहेकोे क्लवका सदस्य धिरज तामाड्डले बताए ।