भेट्रान्स् फुटबल अन्तर्राष्ट्रिय भेट्रान्स् फुटबल प्रतियोगिता
22-December-2017


जकसन डटकम
पोखरा, ०८ पुस

पोखरामा अन्तर्राष्ट्रिय भेट्रान्स् फुटबल प्रतियोगिता हुने भएको छ । बगर भाइखलको आयोजनामा ४० वर्षमाथिको यो भेट्रान्स फुलबल प्रतियोगिता हुन लागेको हो । माघ २ गतेदेखि राष्ट्रिय उच्च माविको खेल मैदान टुँडीखेलमा हुने सातौं संस्करणको फुटबल प्रतियोगितामा देशविदेशका १४ फुटबल टिम सहभागी हुने अयोजकले जानकारी दिएको छ । प्रतियोगितामा नेपालसँगै भारत, बंगलादेश, युके, हङकङ लगायत देशबाट समेत सहभागिता रहने प्रचारप्रसार संयोजक मानकाजी गुरुङले जानकारी दिए ।

‘छिमेकी राष्ट्र भारतको कलकत्ताबाट दि युनाइटेड भेट्रान्स् लगायत बंगलादेश, बगर भाइखलक युके, हङकङ लगायतबाट पनि प्रतियोगितामा आउँदैछन्,’ प्रचारप्रसार संयोजक गुरुङले भने, ‘काठमाडौं, हेटौंडा, वीरगन्ज, चितवन, बुटवल र पोखराका भेट्रान्स् समूह पनि सहभागी हुनेछन् ।’

प्रतियोगितामा प्रथम हुने टिमले १ लाख रुपैयाँसँगै मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्नेछ भने द्वितीय हुने समूहले ५० हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाण–पत्रले पाउने छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र हरेक खेलमा म्यान अफ दी म्याचलाई पुरस्कृत गरिने छ । 
 प्रतियोगिता सम्पन्न गर्न विभिन्न समिति तथा उपसमिति पनि गठन गरिएको छ । 

प्रतियोगीताको मुख्य संयोजकमा संस्थाका अध्यक्ष दिलबहादुर गुरुङ र सहसंयोजकमा उपाध्यक्ष तेजबहादुर गुरुङ छन् । त्यसैगरी आर्थिक संयोजकमा ईश्वर गुरुङ, प्राविधिक अनुशासन तथा न्यायिक समितिमा दिनेश श्रेष्ठ, टिम, पुरस्कार र प्रमाण–पत्र व्यवस्थापनमा चन्द्र (ईश्वर) गुरुङ, सचिवालयमा यामबहादुर गुरुङ, युवा तथा स्वयंसेवक परिचालनमा सन्तोष गुरुङ (धन) सुरक्षामा व्यवस्थापनमा नारायण शर्मालाई नेतृत्व दिइएको छ ।

बाबुराम पौडेलको नेतृत्वमा स्वास्थ्य तथा प्राविधिक, प्रदीप राई (दारा सिंङ)को नेतृत्वमा खेल मैदान व्यवस्थापन, प्रचारप्रसारमा मानकाजी गुरुङ र रमेशकुमार श्रेष्ठलाई अथिति सत्कारको नेतृत्व दिइएको छ भने अन्तर्राष्ट्रिय समन्वय समितिको संयोजकमा मदन केसी, ओमकार गिरीको नेतृत्वमा मञ्च व्यवस्थापन र हिट्लर घलेको नेतृत्वमा आवास तथा भोजन व्यवस्थापन समिति गठन भएको छ । प्रतियोगितामा सम्पन्न गर्न १० लाख रुपैयाँभन्दा बढी खर्च अनुमान गरिएको प्रतियोगिता माघ ६ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

Write a Comment

Events
Random Picks