पोखरामा हुने राखेप च्याम्पियनसिप राष्ट्रिय ह्याण्डवल प्रतियोगिताको तयारी पुरा
1-January-2018

जकसन डटकम
पोखरा, १८ पुस

नेपाल ह्याण्डबल संघको तत्वाधान, कास्की जिल्ला ह्याण्डबल संघको आयोजना बुधबार देखि पोखरामा संचालन हुने राखेप च्याम्पियनसिप २०७४ अन्र्तगत राष्ट्रिय ह्याण्डवल प्रतियोगिताको तयारी पुरा भएको छ।  

यही पुष २२ गतेसम्म पोखरामा संचालन हुने १८ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको तयारी पुरा भएको नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङले बताए । प्रतियोगितामा दुई विभागिय र पाँच विकास क्षेत्रका एक÷एक गरी महिला तथा पुरुष तर्फ ७÷७ टिमको सहभागिता हुने भएको उनले जनाए । 

हङकङ व्यूटि ईन्स्टिच्यूट प्रालिको मूख्य प्रायोजनमा संचालन हुने उक्त प्रतियोगितामा सशस्त्र प्रहरी वलको एपिएफ र नेपाली सेनाको दुई बिभागिय सहित पाँच विकास क्षेत्रका एक÷एक गरी महिला तथा पुरुष तर्फ ७÷७ टिम हुने भएको हो । प्रतियोगितामा सहभागि हुने टिमहरु पोखरा आउने क्रम सुरु भएको संयोजक गुरुङले जनाए ।

प्रतियोगितामा विजेता हुने महिला तथा पुरुषको टिमलाई ३०÷३० हजार, उपविजेतालाई २०÷२० हजार र तेश्रो हुनेलाई १०÷१० हजार साथमा ट्रफि मेडल र प्रमाणपत्र वितरण गरिने भएको छ । प्रतियोगिता बाट उत्कृष्ट खेलाडीहरु छनौट गरि सन २०१९ मा नेपालमा आयोजना हुने १३ औ साग खेलका लागि खेलाडी छनौट समेत गरिने हुँदा यो प्रतियोगिता नेपाली ह्याण्डबल खेलका लागि महत्वपुर्ण रहेको बताइन्छ।

रोटरी क्लव अफ पोखरा फिस्टेल पोखराको सहप्रायोजनमा पोखरा लेखनाथ महानगरपालिका, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति, कास्की जिल्ला खेलकुद विकास समिति, अर्मला विकास मञ्च, खेपना प्रतिष्ठान अर्मलाकोट, नेपाल पर्यटन वोर्डको बिषेश सहयोगमा उक्त प्रतियोगिता आयोजना हुने भएको हो । प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीलाई वल्र्ड भिजन मोवाईल प्रदान गरिने भएको छ । प्रबेश निशुल्क रहेको उक्त प्रतियोगिता भलिवल प्रशिक्षण केन्द्रको परिसर र रंगशालाको पुर्वपट्टिको भागमा हुने भएको हो । 

Write a Comment

Events
Random Picks