पोखरामा बुधबार देखि राखेप च्याम्पियनसिप राष्ट्रिय ह्याण्डवल प्रतियोगिता, उद्घाटन खेलमा एपिएफ र पश्चिमाञ्चल भिड्ने
2-January-2018


जकसन डटकम
पोखरा, १९ पुस

पोखरामा आजदेखि संचालन हुने राखेप च्याम्पियनसिप २०७४ अन्र्तगत राष्ट्रिय ह्याण्डवल प्रतियोगिताको उद्घाटन खेलमा विभागिय टोली सशस्त्र प्रहरी वलको एपिएफ  र घरेलु टिम पश्चिमाञ्चल बिच प्रतिष्प्रर्धा हुने भएको छ । 

नेपाल ह्याण्डबल संघको तत्वाधान, कास्की जिल्ला ह्याण्डबल संघको आयोजना पोखरा रंगशालामा संचालन हुने उक्त प्रतियोगिता अन्र्तगत १८ औं पुरुष ह्याण्डवल प्रतियोगिताको उद्घाटन खेलमा एपिएफ र पश्चिमाञ्चलको खेल दिउँसो १ बजे पछि हुने भएको नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङले बताए । उनका अनुसार औपचारिक खेल १ बजे भए पनि विहानै देखि पोखरा रंगशालामा महिला तथा पुरुषका लिग चरणको खेल संचालन सुरु हुने भएको छ । प्रबेश निशुल्क रहेको उक्त प्रतियोगिता भलिवल प्रशिक्षण केन्द्रको परिसर र रंगशालाको पुर्वपट्टिको भागमा हुने भएको हो । 

यही पुष २२ गतेसम्म पोखरामा संचालन हुने १८ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको अन्तिम तयारी पुरा भएको संघले जनाएको छ । प्रतियोगितामा दुई विभागिय र पाँच विकास क्षेत्रका एक÷एक गरी महिला तथा पुरुष तर्फ ७÷७ टिमको सहभागिता हुने भएको छ। 

हङकङ व्यूटि ईन्स्टिच्यूट प्रालिको मूख्य प्रायोजनमा संचालन हुने उक्त प्रतियोगितामा सशस्त्र प्रहरी वलको एपिएफ र नेपाली सेनाको दुई बिभागिय सहित पाँच विकास क्षेत्रका एक÷एक गरी महिला तथा पुरुष तर्फ ७÷७ टिम हुने भएको हो । प्रतियोगितामा सहभागि हुने टिमहरु पोखरा आईसकेको संघले जनाएको छ । 

प्रतियोगितामा विजेता हुने महिला तथा पुरुषको टिमलाई ३०÷३० हजार, उपविजेतालाई २०÷२० हजार र तेश्रो हुनेलाई १०÷१० हजार साथमा ट्रफि मेडल र प्रमाणपत्र वितरण गरिने भएको छ । प्रतियोगिता बाट उत्कृष्ट खेलाडीहरु छनौट गरि सन २०१९ मा नेपालमा आयोजना हुने १३ औ साग खेलका लागि खेलाडी छनौट समेत गरिने हुँदा यो प्रतियोगिता नेपाली ह्याण्डबल खेलका लागि महत्वपुर्ण रहेको बताइन्छ।  प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीलाई वल्र्ड भिजन मोवाईल प्रदान गरिने भएको छ । 

पश्चिमाञ्चलको पुरुष तर्फ कृष्ण बहादुर शाक्यको प्रशिक्षणमा टिम तयारी अबस्थामा रहेको छ भने महिला तर्फ भिमसेन शाक्यको प्रशिक्षणमा टिम तयारी अबस्थामा रहेको हो । पुरुषतर्फ राष्ट्रिय खेलाडी विशाल बस्नेतको कप्तानिमा टिम मैदानमा उत्र्रिने तयारी गर्दा महिला तर्फ भने राष्ट्रिय खेलाडी एलिसा लामिछानेको कप्तानिमा टोली मैदानमा उत्र्रिने तयारी अबस्थामा रहेको होे । दुबै टिममा राष्ट्रिय तथा पुराना भरपर्दा खेलाडीहरु भएकोले फाईनल सम्म पु¥याउने दुबै प्रशिक्षकले दाबी गरेकाछन। 

Write a Comment

Events
Random Picks