पोखरामा राखेप च्याम्पियनसिप राष्ट्रिय ह्याण्डवल प्रतियोगिता सुरु, उद्घाटन खेलमापश्चिमाञ्चलको बिजयी सुरुवात
3-January-2018


जकसन डटकम
पोखरा, २० पुस

पोखरामा राखेप च्याम्पियनसिप २०७४ अन्र्तगत राष्ट्रिय ह्याण्डवल प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालामा भएको १८ औं पुरुष ह्याण्डवल प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टिम पश्चिमाञ्चलले विजयी सुरुवात गरेको छ ।  पश्चिमाञ्चलले विभागियटोली सशस्त्रप्रहरी वलको एपिएफलाई २२ काबिरुद्ध ३० गोल अन्तरले पराजित गरेको हो । खेलको दुई मिनेटमै एपिएफकागोल रक्षक रामबाबु यादयले रातो कार्ड पाएपछि मैदानबाटबाहिरिएकाथिए । 

पुरुषतर्फको अन्य खेलमानेपालआर्मीलेदुई खेलमै जितहासिल गरेको छ भने मध्यमाञ्चलले एक खेलमाजितहासिल गरेको छ । बुधबार भएको पहिलो खेलमाआर्मीले सुदुर पश्चिमाञ्चललाई ३८–१२ को फराकिलो गोल अन्तरले पराजित गर्यो । दोश्रो खेलमामध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई १४ को बिरुद्ध २६ गोल अन्तरले पन्छायो । चौथो खेलमाआर्मीले मध्यमाञ्चललाई ७को बिरुद्ध २८ गोलको बिशालअन्तरले पराजित गर्यो । 

नेपालह्याण्डबल संघको तत्वाधान, कास्कीजिल्लाह्याण्डबल संघको आयोजनापोखरामाबुधबार देखि सुरु भएको ९ औं महिला राष्ट्रियह्याण्डबलप्रतियोगिताको पहिलो दिनको खेलमाएपिएफ, पश्चिमाञ्चल, आर्मीले जितहासिल गरेकाछनभने बुधबारको अन्तिम खेलमामध्यमाञ्चल र सुदुर पश्चिमाञ्चलले ३–३ गोलमा खेल बराबरीमाटुंगाएकाहुन। एपिएफले सुदुर पश्चिमाञ्चललाई ४३–३ को बिशालगोल अन्तरले पराजित गरेको हो। दोश्रो खेलमामश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई २१–३ को फराकिलो गोल अन्तरले पराजित गर्यो । तेश्रो खेलमाविभागियटोलीआर्मीले पुर्वाञ्चललाई २१–३ को फराकिलो गोल अन्तरले पराजित गर्यो । विहिबार पनिलिग चरणका खेलहरु हुने भएको कास्कीजिल्लाह्याण्डबल संघका बरिष्ठउपाध्यक्षचित्रथापाले बताए । प्रबेश निशुल्क रहेको उक्तप्रतियोगिताभलिवलप्रशिक्षण केन्द्रको परिसरमापुरुषतर्फ र रंगशालाको पुर्वपट्टिको भागमामहिलातर्फको खेल संचालनभएको छ । 

हङकङ व्यूटि ईन्स्टिच्यूटप्रालिको मूख्यप्रायोजनमा संचालनहुने उक्तप्रतियोगितामासशस्त्रप्रहरी वलको एपिएफ र नेपाली सेनाको दुई बिभागिय सहितपाँचविकास क्षेत्रकाएक÷एकगरी महिलातथापुरुषतर्फ ७÷७टिमको सहभागिता रहेको छ । यहीपुष २२ गतेसम्मपोखरामा संचालनहुने प्रतियोगितामाविजेताहुने महिलातथा पुरुषको टिमलाई ३०÷३० हजार, उपविजेतालाई २०÷२० हजार र तेश्रो हुनेलाई १०÷१० हजार साथमाट्रफि मेडल र प्रमाणपत्रवितरणगरिने भएको छ । प्रतियोगिताबाटउत्कृष्ट खेलाडीहरु छनौट गरि सन २०१९ मा नेपालमाआयोजनाहुने १३ औ साग खेलकालागि खेलाडीछनौट समेत गरिने हुँदा यो प्रतियोगिता नेपालीह्याण्डबल खेलकालागिमहत्वपुर्ण रहेको बताइन्छ।प्रतियोगितामाउत्कृष्टहुने महिलातथापुरुष खेलाडीलाई वल्र्ड भिजनमोवाईल प्रदानगरिने भएको छ । 

उक्तप्रतियोगिताको उद्घाटनपोखरा लेखनाथमहानगरपालिकाका मेयर मानबहादुर जिसीले गरेकाहुन । कार्यक्रममाबोल्दै उनले पोखराको खेलकुदपर्यटनविकासको लागिमहानगरपालिकाले गुरु योजनाबनाउने तयारी गरेको बताए । उनले भने “ पोखरा लेखनाथमहानगरपालिकापोखराको खेलकुद र पर्यटनको विकास गर्न चाहान्छ, हामीले ३३ वटै वडामाविभिन्न खेल पर्यटनको विकास गराउनचाहान्छौं, यसकालागिहामीले आगामी केहि महिनामा खेलकुदको गुरु योजनाल्याउदै छौं ।” खेलाडीहरुलाई प्रोत्साहनगर्ने गरी स्वस्थ्यताको लागि घर घरमा खेलकुदको बारेमा सचेतना गराउने उनले बताए । नोपलह्याण्डवल संघकाअध्यक्षतथाओलम्पिककमिटिका सदस्य तेज गुरुङले नेपालमाह्याण्डवल खेलको धेरै सम्भावना रहेको बताए । साग खेलमा नेपालको सेमिफाईनलको स्थान रहेकोले यसको विकास गर्न सके पदकको आशाहुने उनले विश्वास व्यक्त गरे । 

कास्कीजिल्लाह्याण्डवल संघकाअध्यक्षक्याप्टेन जगबहादुर गुरुङको अध्यक्षतामाउद्घाटन सत्र सम्पन्नभएको हो । उद्घाटन सत्रमामाउण्टअन्नपुर्ण माविकाबिद्यार्थीहरुले स्वागतार्थ सांस्कृतिककार्यक्रम समेत प्रस्तुतः गरेकोकास्कीजिल्लाबिद्यालयह्याण्डबल संघका सचिवखिमबहादुर गुरुङले बताए । 

Write a Comment