नदीपुर सेभेन ए साइड फुटवल प्रतियोगितामा आज सेमी फाइनलका खेलहरु हुने
12-January-2018


जकसन डटकम
पोखरा, २९ पुस

नदीपुर सेभेन ए साइड फुटवल प्रतियोगितामा शनिवार सेमी फाइनल अन्तर्गतका खेलहरु हुनेछन । सेमी फाइनलमा एलजी एशोसियसन र नदीपुर ब्लू बीच प्रतिस्पर्धा हुनेछभने दोश्रो खेलमा लेकसाइड फुटवल क्लव र रन्जन मेमोरियल बीच फाइनलका लागी प्रतिस्पर्धा गर्नेछन । शुक्रबार सम्पन्न एलजी एशोसियसनले दीप युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेको हो ।उक्त खेलमा एलजी एशोसियसनका रमेश मगर म्यान अफ दी म्याच घोषित भए । रन्जन मेमोरियल फुटवल क्लवले मेरो नेपाल क्लवलाई २–१ गोल अन्तरले पराजित गरी रन्जन मेमोरियल फुटवल क्लव सेमी फाइनलमा प्रवेश ग¥यो । उक्त खेलमा रन्जन मेमोरियलका जीवन छन्त्याल म्यान अफ दी म्याच घोषित भए । 

नदीपुर ब्लूले शंकर फुटवल क्लवलाई ६–१ गोल अन्तरले पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेको हो । उक्त खेलमा नदीपुर ब्लूका पदम भट्टराइ म्यान अफ दी म्याच घोषित भए । त्यसैगरी शुक्रबार सम्पन्न खेलमा शंकर फुटवल क्लव बी  र भीमकाली युथ क्लव वीच भएको खेल दुइ गोलको वरावरीमा सकिएपछि ट्राइबेकरमा भीमकाली युथ क्लवले ७–६ गोल गरेर शंकर फुटवल क्लवलाई पराजित ग¥यो । उक्त खेलमा शंकर फुटवल क्लवका बीका सन्तोष खवास म्यान अफ दी म्याच घोषित भए । अर्को खेलमा घोरेपानी लेकसाइड फुटवल क्लवले नदीपुर युनाइटेडलाइ १–० गोल अन्तरले पराजित गयो, उक्त खेलमा नदीपुर युनाइटेडका सुनिल नेपाली म्यान अफ दी म्याच घोषित भए । 

 

Write a Comment

Events
Random Picks