पाँचौ नदिपुर भलिबल प्रतियोगिता २०७४ हुने
20-January-2018


जकसन डटकम
पोखरा, ०७ माघ

पोखरा नदिपुर स्थित सामाजिक कार्यमा कृयाशिल संस्था पुन युनाइटेड क्लबले पाँचौ नदिपुर भलिबल प्रतियोगिता २०७४ गर्ने भएको छ । सो बारे जानकारी दिंदै क्लबका अध्यक्ष भिम राम्जालीले स्वास्थ्यका लागि खेलकुद, खेलाडी राष्ट्रको गौरव भन्ने मुल उद्धेश्यका साथ प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगिता माघ २९ बाट फागुन ५ गते सम्म नदिपुर स्थित कर्पाकेली पुन समाजको खेल मैदानमा हुने भएको छ । 

प्रतियोगिता बारे जानकारी दिंदै क्लबका सचिब इस्वर गर्बुजा पुनले प्रतियोगितामा प्रथम हुने पुरुष टिमले नगद ७० हजार र दोश्रो हुने ५० हजारका साथमा शिल्ड, मेडर र प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिए । त्यसै गरि महिला तर्फ प्रथम हुने टिमले नगद ३० हजार र दोश्रो हुनेले २० हजारका साथमा शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्ने बताए । प्रतियोगितामा प्रौढहरुको टिम पनि सहभागिता जनाउने सचिब पुनले जानकारी गराए । 

प्रतियोगितामा साँतौ राष्ट्रिय खेलमा सहभागी खेलाडी वा टिमले सहभागिता जनाउन नपाउने सचिव पुनले जानकारी गराउँदै विभागिय टिमहरुले बी डिभिजनका खेलाडी सहभागी हुने पाउने बताए । प्रतियोगितामा पुरुष तर्फ १४ महिला तर्फ १४ र प्रोढ तर्फ ५ टिम सहभागीता जनाउने उनले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिव ५ लाख ९५ हजार लाग्ने प्रतियोगिताका संयोजक टिका राम पुर्जाले बताए । 

 

Write a Comment