पोखरा अर्मला पर्वतिय दौडमा प्युठानका दाजु भाईको बर्चश्व
23-January-2018


जकसन डटकम
पोखरा, ०९ माघ

कास्की पोखरा लेखनाथ महानगरपालिका वडा नं १६ स्थित अर्मला पर्वतिय दौडमा प्युठानका दाजु भाई प्रथम र तृतिय भएका छन भने नेपाली सेनाले दोश्रो स्थान हासिल गरेको छ । १० किलोमिटर उक्त दौडमा प्युठानका दामोदर बुढामगरले ४४ मिनेट २१ः०२ सेकेण्डमानै दुरी पार गर्दै नगद १५ हजार प्राप्त गरे ।

पोखराको बाटुलेचौर बाट सुरु भएको दौडमा नेपाली सेनाका रमेश मव्रmातीले ४५ मिनेट २१ः०२ सेकेण्डमा दुरी पार गर्दै तेश्रो भए । उनले नगद १० हजार पाए । यसै गरि दौडमा प्युठानका रुपलाल बुढामगरले ४५ मिनेट ५४ः०२ सेकेण्डमा दुरी पार गर्दै तेश्रो स्थान हासिल गरे उनले नगद ५ हजार प्राप्त गरे । 

दुर्गा युवा क्लब अर्मलाको आयोजनामा भएको उक्त प्रतियोगितामा नेपाली सेनाका शुभाष कार्की र विष्णु कुमार तामाङले क्रमश चौथौ र पाँचौ स्थान हासिल गर्दै सान्त्वना स्वरुप नगद १ हजार ५ सय पाए । 

७५ जना धावक सम्मिलित भएका मध्ये सहभागी ७ जना महिलामा ललिता लामिछानेले १ घन्टा ८ः४२ सेकेण्डमा दुरी पार गर्दै प्रथम भइन । यसै गरि सुस्मिता भट्टराइले दोश्रो स्थानका लागि उक्त दुरी १ घन्टा ९ मिनेटमा पार गरिन भने सिन्धु अधिकारीले १ घन्टा २६ मिनेटमा दुरी पार गर्दै तेश्रो भइन । पर्वतिय दौडको शुभारम्भ पूर्व राष्ट्रिय भलिबल खेलाडी उदय बहादुर बस्नेतले गरेका थिए । 

Write a Comment

Events
Random Picks