आहा ! रारा गोल्डकप आजदेखि, उद्घाटन खेलमा सुदरपश्चिम ११ स्पोटिङ क्लब विरुद्ध
23-January-2018

जकसन डटकम
पोखरा, ०९ माघ

मोफसलको प्रतिष्ठित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १६ औं संस्करण आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आज सुदरपश्चिम ११ स्पोटिङ क्लब विरुद्ध आयोजक सहारा क्लव भिड्नेछ ।

प्रतियोगितामा ३ वटा विभागीय टिम, ३ वटा ए डिभिजन क्लब, ३ वटा मोफसलका, २ विदेशी र आयोजक एकसहित १२ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, मनाङ मस्र्याङ्दी, थ्रीस्टार, झापा ११, धरान फुटबल क्लब, धनगढीको सुदूरपश्चिम ११ सहभागी हुनेछन् । त्यस्तै बंगलादेशको उत्तर बरिन्धरा क्लब युनाइटेड सिक्किम, र आयोजक सहारा क्लबले प्रतिस्पर्धा गर्ने आयोजक सहारा क्लवका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिए । यस वर्ष विदेशी टिम विगतको भन्दा बलियो रहेको आयोजकले दाबी गरेको छ ।

प्रतियोगितामा पहिलो हुनेले ७ लाख १ हजार र दोस्रो हुनेले ३ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रथम पुरस्कारमा २ लाख र द्धितीय पुरस्कारमा १ लाख रुपैयाँ वृद्धि गरिएको हो । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई हिरो ड्यास स्कुटर र उत्कृष्ट खेलाडीलाई जनही १५ हजार, सर्वा्िधक गोलकर्तालाई २५ हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा एक खेल जितेमा टिमलाई २० हजार र पराजित भएमा १० हजार, क्वार्टफाइनलमा बिजेतालाई ३० हजार, पराजितलाई २० हजार, सेमिफाइनलमा सहभागी टिमलाई ५०र५० हजार रुपैयाँ प्रोत्साहन स्वरुप प्रदान गरिने क्लबले जनाएको छ । टिकट काटेर प्रतियोगिता हेर्न आउने दर्शकमध्येबाट दुई जनालाई गोलाप्रथाबाट स्कुटर र एलजी टिभी प्रदान गरिने अध्यक्ष थापाले बताए । यस प्रतियोगिताको मुख्य प्रायोजक १६ वर्षदेखि हिमश्री फुड्स प्रालिले उत्पादन गरेको आहा रारा चाउचाउ रहँदै आएको छ ।

Write a Comment