नेपाली फुटबलर बिमल घर्तीमगर भारतीय क्लबमा आवद्ध
27-January-2018


जकसन डटकम
पोखरा, १४ माघ

नेपाली टिमका फुटबलर बिमल घर्तीमगर भारतको क्लबमा आवद्ध एका छन्। यसअघि नेपालको थ्री स्टार क्लबबाट व्यवसायीक फुटबल खेलिरहेका फरवार्ड घर्तीमगर आईलिग क्लब मोहन बगानमा आवद्ध भएका हुन्। अब उनले बाँकी सिजन बगानसँग बिताउने छन्। बिमल आइतबार नै त्यसततर्फ प्रस्थान गर्ने जनाइएको छ। मोहन बगान क्लबले पनि घर्तीमगरलाई टिममा आवद्ध गरेको प्रेश वक्तव्यमार्फत् जनाएको छ। बिमलले युरोपमा गरेको राम्रो अभ्यासले मोहन बगानले उनलाई आवद्ध गरेको हो। 

केही समयअघि विमलले युरोपको ट्वन्टे क्लबमा दुई साता अभ्यास गरेका थिए। डच क्लब एन्डरलेक्टमा लामो समय अभ्यास गर्दै यू–१६ टिमबाट तीन वटा खेल खेलेका थिए। त्यस्तै यु–१९ मा पनि छोटो समय आवद्ध हुँदै केही प्रतियोगिताहरुमा सहभागिता जनाएका थिए। आईलिग अन्तगर्त जारी प्रतियोगितामा मोहन बगान ११ खेलबाट १७ अंक जोड्दै चौंथो स्थानमा रहेको छ। १० खेल खेलेको मिनेरभा २५ अंकका साथमा लिगको शीर्ष स्थानमा छ। आईलिगमा १० टिमबीच प्रतिष्पर्धा भइरहेको छ।

Write a Comment

Events
Random Picks