फुटसल टुर्नामेन्टमा सहभागी टोलीको बिदाई
9-February-2018


जकसन डटकम
पोखरा, २७ माघ

पकिस्तानमा आयोजना हुन लागेको प्रथम अन्तराष्ट्रिय फुटसल टुर्नामेन्टका लागि नेपाली खेलाडी सहितको समूहलाई  बिदाई गरिएको छ । 

आगामी फागुन ४ देखी ६ गतेसम्म पाकिस्तानको पाकिस्तान सोक्सर फुटसल संघको आयोजनमा हुन लागेको फुटसल टुर्नामेन्टमा सहभागी खेलाडी तथा टिम म्यानेजर, टिम कोच तथा सह टिम कोचको नौ सदस्यीय समूहलाई राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य तथा राष्ट्रिय फुटसल संघ नेपालका अध्यक्ष देब कुमार अधिकारीले बिदाई गरे । उनले फुटसल प्रतियोगितामा नेपालको नाम राख्ने गरि उच्च मनोवलका साथ खेल्न खेलाडीलाई आग्रह गरे । अधिकारीले नेपालको मान राख्ने गरि खेल खेलेर पदक लिएर आउने शुभकामना समेत व्यत्त गरे । 

बिदाई भएको टोली आइतबार बिहान ८ बजे त्रिभूवन अन्र्तराष्ट्रिय विमान स्थलबाट भारत हुँदै पाकिस्तान प्रस्थान गर्ने कार्यक्रम रहेको टिमकोच सन्तोष पराजुलीले जानकारी दिए । 

पाकिस्तानको लियाक्याट जिम्नासियम स्र्पोटस क्मप्लेक्स इस्लामाबादमा हुने खेलमा नेपाल सहित आयोजक राष्ट्र पाकिस्तान, अफगानिस्तान, ब्राजिल, टर्की, अष्ट्रेलिया लगायतका राष्ट्रको सहभागिता रहने टिमकोच पराजुलीले जानकारी दिए । 

नेपाली टोलीमा दीपेन्द्र रसायली, रीतेश पौडेल, साजन महर्जन, समीर कार्की, बिक्की शिलाकार, साहील राना, बिकेक केसी, राकेस थापा, टिम म्यानेजर बटु कृष्ण थापा, टिमकोच सन्तोष पराजुली, सह टिम कोच नारायण कृष्ण मर्हजन रहेका छन । 

नेपाल यसअघि सन् २०१६ मा श्रीलंकामा सम्पन्न फुटसल टुर्नामेन्टमा उपबिजेता भएको थियो । 

Write a Comment