गोपी र धरम प्याराडिसो कप टेनिसको फाइनलमा
9-February-2018


जकसन डटकम
पोखरा, २७ माघ

गोपीबहादुर भट्टराई  र धरमसिंह लामिछाने प्याराडिसो कप टेनिसको उपाधीका लागि भिड्ने भएका छन् । शुक्रबार भएको सेमिफाइनलमा गोपीले नविन चालिसेलाई ६–२, ६–२ मा तथा धरमले विनोद कायस्थलाई ४–६, ६–० र सुपरटाईमा १०–५ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । 

कास्की जिल्ला टेनिस संघको आयोजना तथा प्याराडिसो स्पोर्ट एण्ड ग्रिल बारको प्रायोजनमा जारी प्रतियोगिता अन्तर्गत शुक्रबारनै भएको क्वाटरफाइनला धरमले हुम आलेलाई, विनोदले शिव सुवेदीलाई, गोपीले समिर शेरचनलाई तथा नविनले दोर्जे लामालाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए । 

प्रतियोगिताको फाइनल खेल शनिबार विहान हुने टुर्नामेण्ट डाइरेक्टर प्रदिप खड्काले जानकारी दिए । प्रतियोगितामा विजेता तथा उपविजेता खेलाडीले नगद सहिट ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । 

Write a Comment

Events
Random Picks