लायन्स डाउन टाउनको आयोजनमा आजदेखी अन्तर लायन्स फुटवल प्रतियोगिता
9-February-2018


जकसन डटकम
पोखरा, २७ माघ

लायन्स क्लव अफ पोखरा डाउन टाउनको आयोजनामा माघ २७ गते शनिवारदेखी फागुन १ गतेसम्म अन्तर लायन्स  ऐट ए फुटवल प्रतियोगिता हुने भएको छ । 

प्रतियोगितामा लायन्स क्लव डिष्ट्रिक ३२५ वि १ अन्तर्गतका १६ वटा क्लवहरुले सहभागिता जनाउने क्लवका अध्यक्ष हरी पराजुलीले  जानकारी दिए ।  पुरानो टुँडीखेलको खेल मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको र उद्घाटन खेल आयोजक लायन्स कलव अफ पोखरा डाउन टाउन र लायन्स क्लव अफ पोखरा गार्डेन सिटीका विच हुने  आयोजकले जनाएको छ ।

लायन्स क्लवहरुविच आपसी भाईचारा र सम्वन्ध प्रगाढ वनाउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको क्लवका अध्यक्ष पराजुलीको भनाई छ । 

प्रतियोगितामा विजेतालाई नगद ५५ हजार ५ सय ५५ तथा उपविजेता टिमले नगद ३३ हजार ३ सय ३३ रुप्रैयाँ, ट्रफी र प्रमाणपत्र पाउने छन् । त्यसैगरि उत्कृष्ट खेलाडीहरुलाई पनि ट्रफि र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक भानुभक्त अधिकारीले वताए । 

Write a Comment

Events
Random Picks