कास्की फुटबललाई १ लाख सहयोग
20-March-2018

जक्सन डट कम 
चैत्र ६, पोखरा ।

खेलप्रेमी उत्तम गुरुङ्गले कास्की जिल्ला फुटबल संघलाई आर्थिक सहयोग प्रदान गरेका छन् । मंगलबार पोखरामा आयोजित एक कार्यक्रमका बिच उनले संघ कास्कीका अध्यक्ष मिलन गुरुङ्गलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरे । गुरुङ्गले आफ्नों हजुरबुवा बिगलाल गुरुङ्गको स्मृतीमा उक्त रकम सहयोग गरेका हुन् ।
 
आउँदो बैशाखमा इलाममा हुन लागेको माइभ्यालि कप फुटबल प्रतियोगितामा सहभागिता जनाउन लागेको कास्कीको फुटबल टिमका लागि उनले उक्त रकम सहयोग गरेका हुन् । संघ कास्कीका अध्यक्ष मिलन गुरुङ्गले सहयोगी गुरुङ्गप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा लिएको बताए । साथै उनले कास्कीको छुट्टै फुटबल टिम बनाइने भन्दै यसका लागि प्रायोजकहरुको खोजी भइरहेको जानकारी गराए ।
चेक हस्तान्तरण कार्यक्रममा फुटबल संघ कास्कीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

Write a Comment