पोखरामा “ शिख्तानी बर्दस प्रथम बास्केटबल टुर्नामेण्ट — २०७४” शुरु
28-March-2018

चैत्र १४, पोखरा ।
सन्तोष बस्याल 

खेलकुद विकासका लागि पोखरामा पछिल्लो समय विविध प्रतियोगिताहरु आयोजना भईरहेका छन् । यसैक्रममा मगंलबार बाट पोखराको रामघाट पुन समाज नेपालको खेलमैदानमा “ शिख्तानी बर्दस प्रथम बास्केटबल टुर्नामेण्ट —२०७४” शुरु भएको छ । 

गाउँठाउँको प्रचारप्रसार सहित गाउँका खेलाडीहरुलाई प्रोत्साहन गर्ने उदेश्यले शिख्तानी बर्दसले आयोजना गरेको टुर्नामेण्टमा पुरुष तर्फ २२ टिम, महिला तर्फ ३ टिम र प्रौढ तर्फ ६ टिमको सहभागिता रहेको खेलकुद संयोजक विशन रानाले बताए । चैत्र १३ गतेदेखि १७ गतेसम्म चल्ने उक्त प्रतियोगिताको मगंलबार उद्घाटन गर्दै पुन समाज नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष खिमान शेरबुजाले खेलकुदको विकासका लागि यस्ता कार्यक्रमले महत्वपुर्ण टेवा पु¥याउने बताए । 

‘ खेल मात्र हारजित नभई आपसी सद्भाव पनि हो ’ उनले भने ‘ त्यसैले यस्ता कार्यक्रमले समयसमयमा निरन्तरता पाउनुपर्छ र अब सरकारले गाउँगाउँमा पनि खेलकुदका लागि बजेट विनियोजन गर्नुपर्छ । ’ 

कार्यक्रममा नायिका दिया पुन र बक्सिङ खेलाडी सोम पुनलाई सम्मान गरिएको कार्यक्रमका संयोजक सुरेन गुरुङले जक्सन डटकमलाई जानकारी गराए । 
सिख्तानी समाज पोखराका उपाध्यक्ष टकदेवि शेर्पुजाको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन दिवश पुनले गरेका थिए ।

Write a Comment

Events
Random Picks