न ‘आशा’ न ‘राम’, कसैले जोगाउन सकेन आशाराम : कम्तिमा १० वर्षको सजाय हुने
25-April-2018

नाबालिक शिष्यामाथि यौनशोषण गरेको आरोपमा ८० वर्षीय आशाराम बापुलाई दोषी करार गरिएको छ ।

विशेष एससी–एसटी अदालतका न्यायाधीश मधुसुदन शर्माले बुधबार बिहान सेन्ट्रल जेलमा नै बेञ्च बसाएर आफ्नो फैसला सुनाएका हुन् ।

जोधपुर जेलमा बन्द आशारामसहित दुई सहयोगीहरुलाई पनि दोषी ठहर गरिएको छ । उनलाई कति सजाय हुन्छ भन्ने कुराको पनि आजै घोषणा हुनसक्ने बताइएको छ ।

फैसलाविरुद्ध आशारामले राजस्थानस्थित उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन् ।

यस मामिलामा आशारामलाई कम्तिमा १० वर्षको सजाय हुनसक्छ । यसमा प्रावधान आजीवन कारावाससम्मको छ ।

इन्दिरा गान्धी हत्यारा, आतंकवादी अजमल कसाब र डेरा प्रमुख गुरमीत राम–रहीमपछि यो मुद्दा भारतको चौँथो ठूलो मुद्दा हो, जसको लागि अदालतको बेञ्च जेलमा नै स्थापना गरेर फैसला सुनाइएको हो ।

Write a Comment

Events
Random Picks