इरानसँगको पारमाणविक सम्झौतामा अमेरिकी निर्णय आज
8-May-2018

पोखरा, बैशाख २५
जकसन डटकम
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको पारमाणविक सम्झौतामा कायम रहने या नरहने भन्नेबारे आपनो आधिकारिक निर्णय आज मंगलबार साँझतिर घोषणा गर्ने बताएका छन्।
इरानको पारमारबिक सहमतिका अन्य हस्ताक्षरकर्ता बेलायत, फ्रान्स र जर्मनीले अमेरिकी राष्ट्रपति ट्रम्पलाइ उक्त सहमतिबाट पछि नहट्न आग्रह गरिरहेका बेला ट्रम्पको यस्तो घोषणा आएको हो। फ्रान्सका विदेशमन्त्रीले ट्रम्पबाट जस्तो निर्णय आए पनि आफूहरू उक्त सम्झौताको पक्षमा उभिरहने बताएका छन्।लामो समयदेखिका प्रतिबन्ध खुकुलो गर्ने शर्तमा आफ्ना पारमाणविक गतिविधि बन्द गर्ने वाचा गरिएको उक्त अन्तर्राष्ट्रिय सहमतिको ट्रम्प कटु आलोचक रहँदै आएका छन्।

 

Write a Comment

Events
Random Picks