जीएसटी हटाउने महाथिर सरकारको निर्णय
16-May-2018

जक्सन डटकम
जेष्ठ २, पोखरा 
मलेसिया सरकारले गुड्स एण्ड सर्भिस ट्याक्स  ९जीएसटी० हटाएको छ । महाथिर मोहम्मद प्रधानमन्त्री भएलगतै अर्थ मन्त्रालयले जीएटी हटाउने निर्णय गरेको हो । यो आगामी जुन १ बाट लागू हुनेछ ।हाल जीएसटी ६ प्रतिशत छ ।यो निर्णयले गुड्स एण्ड सर्भिस ट्याक्स अर्डर २०१४ मा कर छुटको सूचीमा राखिएका सामान र सेवालाई केही फरक पार्दैन किनभने त्यसमा जिएसटी लाग्दैनथ्यो ।महाथिर नेतृत्वको गठबन्धनले चुनावका क्रममा हरेक सामान किन्दा लाग्ने ६ प्रतिशत कर हटाउने बाचा गरेको थियो । आलोचकहरुले भने यसले मलेसियाली बजारमा नकारात्मक प्रभाव पर्ने बताएका थिए ।

 

Write a Comment

Events
Random Picks