अनौठो घटना: थाइल्याण्डमा एक युुवकले आफ्नै लिंग काटे
22-May-2018

जक्सन डटकम  
जेष्ठ ८, पोखरा 
थाइल्याण्डमा एउटा अनौठो घटना भएको छ । रगतमा लतपतिएका र निर्वस्त्र अवस्थामा रहेका एकजना युवालाई गम्भीर अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरियो । उनी जुन कारणले रगतको आहालमा डुबेका थिए, त्यो निकै नै अनौठो छ ।
३० वर्षका ती युवकको यौनांग काटिएको थियो र उनी पीडाले छटपटाइरहेका थिए । समाचार अनुसार ती युवक घरमा एक्लै रहेको बेला ब्लु फिल्म हेरिरहेका थिए । ब्लुफिल्म हेरिरहँदा उनी यतिधेरै उत्तेजित भए की आफ्नो गुप्तांग नै काटे । लिंग काटेसँगै निकै धेरै रगत बग्यो र उनी जमिनमा लड्न पुग्ने । धन्न जसोतसो उनले इमरजेन्सी नम्बरमा फोन गर्न सके । उद्धारकर्मीहरुले उनलाई घरमै प्राथमिक उपचार गरेपछि तत्कलै अस्पताल पर्याए । अस्पतालमा उपचार भइरहँदा पनि उनले एउटै कुरा दोहोराइरहेका थिए( मैले पोर्न भिडियो हेरिरहेको थिएँ ।अहिले उनको अवस्था स्थिर रहेको र विस्तारै उनको अवस्था सुधार भैरहेको डाक्टरहरुको भनाइ छ । प्रहरीका अनुसार ती युवकमाथि कुनै कानूनी कारवाही चाहिँ हुनेछैन । किनकि उनले अरु कसैलाई हानी पर्याएका छैनन् र आफैंमाथि धावा बोलेका हुन् ।
युवकको नाम गोप्य राखिएको छ ।

 

Write a Comment

Events
Random Picks