टेक्सासको तालमा डुबेर एक नेपाली युवकको मृत्यु
7-June-2018

जक्सन डटकम  

पोखरा, जेष्ठ २४

संयुक्त राज्य अमेरिकाको टेक्सासस्थित लेविसभिल्ले तालमा डुवेर एक नेपाली युवकको मृत्यु भएको छ । चार वर्षअघि विद्यार्थी भिसामा अमेरिका आएका काठमाडौं गोलढुंगाका २३ वर्षीय विवेक दाहालको सोमबार बेलुका साथीहरुसँग ताल किनारमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

उनी साथीहरुसँग नियमित रुपमा तालमा जाने गर्थे । उनका साथीहरुका अनुसार विवेक राम्रो पौडीबाज थिए, तर उनले त्यो दिन एक क्यान बियर पिएका थिए । चारवर्ष अगाडि अमेरिका आएका विवेक यसैवर्ष घर जाने तरखरमा थिए तर कसैले पनि नचिताएको कुरा भयो ।

उनले युनिभर्सिटी अफ टेक्सास अर्लिङ्टनको पढाइ सुरु गर्न भन्दा पहिले आफ्नो परिवारसँग भेटघाट गर्न चाहेका थिए । तर, अहिले उनको शव कसरी नेपाल लैजाने भन्ने चिन्ता रहेको साथीहरुले बताएका छन् ।

टेक्सासस्थित नेपाली समाजका प्रयास बास्तोलाका अनुसार विवेकको परिवारले उनको शव नेपालमै दाहसंस्कार गर्न चाहेका छन् तर त्यसको लागि खर्च अभाव भएको छ ।

समाजले विवेकका आठजना साथीहरुसँग मिलेर उनको शव नेपाल लैजाने व्यवस्था गर्न पैसा उठाउन लागेको जनाएको छ । त्यसको लागि क्राउड फण्डिङमार्फत रकम संकलन गर्न गो फण्ड मीमा अभियान सुरु गरिएको छ ।

Write a Comment

Events
Random Picks