अमेरिकाको न्युयोर्कस्थित ट्रम्प टावरमा आगलागी, एकको मृत्यु
12-June-2018


जक्सन डटकम
पोखरा, जेष्ठ २९
अमेरिकाको न्युयोर्कस्थित रहेको ट्रम्प टावरको पचासौं तलामा शनिबार राति आगलागी भएको छ ।
आगलागीमा एकको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको अधिकारीले जानकारी दिएका छन्।न्युयोर्कको प्रहरीका अनुसार आगलागीका कारण ६७ वर्षीय टोड ब्रास्नेरलाई अचेत अवस्थामा भेटिएको थियो।

उनलाई स्थानीय माउन्ट सिनाइ रुजबेल्ट अस्पतालले मृत्यु भएको जानकारी दिनुका साथै सो घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी जनाएको छ।

उद्धारकार्यमा खटिएका प्रहरीले आगलागी ठुलो र अपार्टमेन्टको पचासौं तलामा भएकोले पनि आगलागी नियन्त्रण गर्न निकै गाह्रो भएकोले सँगै रहेका अन्य भवनसमेत त्यसको असरमा परेको जनाएका छन्।

Write a Comment