नेपाली समयअनुसार आज बेलुकी सवा ८ बजे बाट विश्वकप सुरु (तालिका सहित)
14-June-2018


जक्सन डटकम
पोखरा, जेष्ठ ३१ 
विश्वकप फुटबलको २१ औं संस्करण आजदेखि सुरू हुँदैछ। नेपाली समयअनुसार साँझ सवा ८ बजे मस्कोको लुजनेकी रंगशालामा समारोह सुरू हुनेछ।
आयोजक रसिया र साउदी अरेबियाबीचको पहिलो खेलअघि विश्वकपको उद्घाटन समारोह हुनेछ।
आधा घन्टासम्म चल्ने उद्घाटन समारोहमा बेलायती गायक, रचनाकार र अभिनेता रोबी विलियम्सले सांगितिक प्रस्तुती दिनेछन्।
उनलाई रसियन गायिका आइडा गारीफुलिनाले साथ दिनेछिन्। ब्राजिलियन सुपरस्टार रोनाल्डो पनि उद्घाटन समारोहमा उपस्थित हुनेछन्। विश्व फुटबल महासंघ ९फिफा० ले यसपालिको उद्घाटन समारोह पहिलाभन्दा फरक हुने जनाएको छ।
फिफा वरियताअनुसार विश्वकपमा सहभागी रसिया सबैभन्दा कमजोर मुलुक हो। तर आयोजक र समर्थकका हिसाबले रसिया फाइदामा रहनेछ।
रसिया फिफा वरियतामा ७० औं स्थानमा छ भने साउदी अरेबिया ६७ औं स्थानमा छ। सन् २००८ मा युरोपियन च्याम्पियनसिपको सेमिफाइनलसम्मको यात्रा नै रसियाको फुटबलमा अहिलेसम्मको उपलब्धि हो।
रसिया आयोजक राष्ट्रका हैसियतमा मात्र विश्वकप फुटबलमा छनोट भएको हो। साउदी अरेबिया भने यसअघि सन् १९९४ र सन् २००६ को विश्वकपमा समेत सहभागी भैसकेको छ।
विश्वकप फुटबलमा यसपटक ३२ राष्ट्रले सहभागिता जनाउँदैछन्। रसियाले ११ सहरका १२ वटा मैदानलाई विश्वकप फुटबलका लागि तयार गरिसकेको छ।
प्रतियोगितामा एसियाका पाँच, अफ्रिकाका पाँच, उत्तर अमेरिकाका तीन, दक्षिण अमेरिकाका पाँच र युरोपका चौध राष्ट्र सहभागी हुँदैछन्। विश्वकप विजेताले ३८ मिलियन अमेरिकी डलर पुरस्कार पाउनेछन्। त्यस्तै, उपविजेताले २८ मिलिनय डलर पाउनेछ।

नेपाली समयअनुसार यस्तो छ खेल तालिका :

३१ जेठ, २०७५

राति ८ः४५ – रुसविरुद्ध साउदी अरेबिया, पहिलो समूह

१ असार, २०७५

बेलुका ५ः४५ – इजिप्टविरुद्ध उरुग्वे, पहिलो समूह
राति ८ः४५ – मोरक्कोविरुद्ध इरान, दोस्रो समूह
राति ११ः४५ – पोर्चुगलविरुद्ध स्पेन, दोस्रो समूह

२ असार, २०७५

बेलुका ५ः४५ – फ्रान्सविरुद्ध अस्ट्रेलिया, तेस्रो समूह
बेलुका ६ः४५ – अर्जेन्टिनाविरुद्ध आइसल्याण्ड, चौथो समूह
राति ९ः४५ – पेरुविरुद्ध डेनमार्क, तेस्रो समूह
राति १२ः४५ – क्रोयसियाविरुद्ध नाइजेरिया, चौथो समूह

३ असार, २०७५

बेलुका ५ः४५ – कोस्टारिकाविरुद्ध सर्बिया, पाँचौ समूह
राति ८ः४५ – जर्मनीविरुद्ध मेक्सिको, छैटौं समूह
राति ११ः४५ – ब्राजिलविरुद्ध स्वीट्जरल्याण्ड, पाँचौं समूह

४ असार, २०७५

बेलुका ५ः४५ – स्वीडेनविरुद्ध दक्षिण कोरिया, छैटौं समूह
राति ८ः४५ – बेल्जियमविरुद्ध पानामा, सातौं समूह
राति ११ः४५ – ट्युनिसियाविरुद्ध इंग्ल्याण्ड, सातौं समूह

५ असार, २०७५

बेलुका ५ः४५ – कोलम्बियाविरुद्ध जापान, आठौं समूह
राति ८ः४५ – पोल्याण्डविरुद्ध सेनेगल, आठौं समूह
राति ११ः४५ – रुसविरुद्ध इजिप्ट, पहिलो समूह

६ असार, २०७५

बेलुका ५ः४५ – पोर्चुगलविरुद्ध मोरक्को, दोस्रो समूह
राति ८ः४५ – उरुग्वेविरुद्ध साउदी अरेबिया, पहिलो समूह
राति ११ः४५ – इरानविरुद्ध स्पेन, दोस्रो समूह

७ असार, २०७५

बेलुका ५ः४५ (डेनमार्कविरुद्ध अस्ट्रेलिया, तेस्रो समूह
राति ८ः४५ – फ्रान्सविरुद्ध पेरु, तेस्रो समूह
राति ११ः४५ – अर्जेन्टिनाविरुद्ध क्रोयसिया, चौथो समूह

८ असार, २०७५

बेलुका ५ः४५ – ब्राजिलविरुद्ध कोस्टारिका, पाँचौं समूह
राति ८ः४५ – नाइजेरियाविरुद्ध आइस्ल्याण्ड, चौथो समूह
राति ११ः४५ – सर्बियाविरुद्ध स्विट्जरल्याण्ड, पाँचौं समूह

९ असार, २०७५

बेलुका ५ः४५ – बेल्जियमविरुद्ध ट्युनिसिया, सातौं समूह
राति ८ः४५ – दक्षिण कोरियाविरुद्ध मेक्सिको, छैटौं समूह
राति ११ः४५ – जर्मनीविरुद्ध स्वीडेन, छैटौं समूह

१० असार, २०७५

बेलुका ५ः४५ – इंग्ल्याण्डविरुद्ध पानामा, सातौं समूह
राति ८ः४५( जापानविरुद्ध सेनेगल, आठौं समूह
राति ११ः४५ – पोल्याण्डविरुद्ध कोलम्बिया, आठौं समूह

११ असार, २०७५

बेलुका ७ः४५ – उरुग्वेविरुद्ध रुस, पहिलो समूह
बेलुका ७ः४५ – साउदी अरेबियाविरुद्ध जापान, पहिलो समूह
राति ११ः४५ – स्पेनविरुद्ध मोरक्को, दोस्रो समूह
राति ११ः४५ – इरानविरुद्ध पोर्चुगल, दोस्रो समूह

१२ असार, २०७५

बेलुका ७ः४५ – अस्ट्रेलियाविरुद्ध पेरु, तेस्रो समूह
बेलुका ७ः४५ – डेनमार्कविरुद्ध फ्रान्स, तेस्रो समूह
राति ११ः४५ – नाइजेरियाविरुद्ध अर्जेन्टिना, चौथो समूह
राति ११ः४५ – आइस्ल्याण्डविरुद्ध क्रोयसिया, चौथो समूह

१३ असार, २०७५

बेलुका ७ः४५, दक्षिण कोरियाविरुद्ध जर्मनी, छैटौं समूह
बेलुका ७ः४५, मेक्सिकोविरुद्ध स्वीडेन, छैटौं समूह
राति ११ः४५, सर्बियाविरुद्ध ब्राजिल, पाँचौं समूह
राति ११ः४५, स्विट्जरल्याण्डविरुद्ध कोस्टारिका, पाँचौं समूह

१४ असार, २०७५

बेलुका ७ः४५ – जापानविरुद्ध पोल्याण्ड, आठौं समूह
बेलुका ७ः४५ – सेनेगलविरुद्ध कोलम्बिया, आठौं समूह
राति ११ः४५ – पानामाविरुद्ध ट्युनिसिया, सातौं समूह
राति ११ः४५ – बेलायतविरुद्ध बेल्जियम, सातौं समूह

अन्तिम १६ का खेलहरु नेपाली समयअनुसार बेलुका ७ः४५ र राति ११ः४५ बजे हुने छन् ।

क्वार्टरफाइनल खेलहरु पनि बेलुका ७ः४५ र राति ११ः४५ बजे हुने छन् ।

सेमिफाइनल खेल राति ११ः४५ बजे हुने छ ।

फाइनल खेल राति ८ः४५ बजे हुने छ ।

 

Write a Comment

Events
Random Picks