आर्डेर्न बनिन् प्रधानमन्त्री हुँदा आमा बन्ने दोस्रो महिला
21-June-2018


जक्सन डटकम 
पोखरा, असार ७ 
न्युजिल्यान्डकी प्रधानमन्त्री ज्याकिन्डा आर्डेर्नले छोरीलाई जन्म दिएकी छन्। बिहीबार बिहान अस्पताल भर्ना भएकी आर्डेर्नले ३।३१ केजी तौलकी छोरीलाई जन्म दिएकी हुन्।
विश्व इतिहासमा निर्वाचित भएर प्रधानमन्त्री चलाइरहेकी महिलाले  बच्चालाई जन्म दिएको यो दोस्रो घटना हो। यसअघि पाकिस्तानकी प्रधानमन्त्री बेनेजिर भुट्टो पद सम्हालेका बेला सन् १९९०मा आमा बनेकी थिइन्।
छोरीको जन्मपछि ३७ वर्षीया आर्डेर्नले ६ साता सुत्केरी बिदा लिने भएकी छन्। 
उनी विदामा बस्दा उपप्रधानमन्त्री विन्स्टन पिटर्सले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन्।  

सोत्: सेतोपाटी

 

Write a Comment