भिषण बर्षाका कारण जाापानमा २७ जनाको मृत्यु
7-July-2018

जक्सन डटकम  
पोखरा, असार २३

जापानमा भिषण बर्षापछि आएको बाढीपहिरोका कारण २७ जनाको मृत्यु भएको छ । ४७ जना बेपत्ता भएका छन् । ५ जना घाईतेको अवस्था गम्भीर छ । सामुन्द्रिक टापु होन्सुमो भिषण बर्षाका कारण आएको आँधीहुरी, पहिरो र बाढीमा परि सो संख्यामा हताहती भएको त्यहाँको मौसम विभागलाई उद्दृत गर्दै बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ । सो क्षेत्रमा इतिहासकै भिषण बर्षा भएको विभागको भनाई छ ।

त्यस्तै, राजधानी टोकियोबाट ६ सय किलोमिटर टाढाको शिकोकु टापुमा ५ सय ८३ मिलिमिटर बर्षा भएको छ । पूर्वी र पश्चिमी क्षेत्रमा भिषण बर्षाको जोखिम भोलीसम्म जारी रहने मौसम विभागले जनाएको छ । भिषण बर्षाका कारण पश्चिमी शहर हिरोसीमा, टाकासीमा, यामागुची लगायत क्षेत्रका करीब १६ लाख मानिसहरु प्रभावित भएको रोयटर्सले जनाएको छ । सो क्षेत्रमा करीब ४८ हजार सुरक्षाकर्मी, अग्निनियन्त्रक तथा आत्मसुरक्षा दस्तालाई उद्दारमा खटाइएको मन्त्री परिषद्का मुख्य सचिव योसिहिडे सुगाले बताउनुभएको छ ।  सो क्षेत्रका ३ लाख १० हजार मानिसहरुलाई स्थानीय प्रशासनले सुरक्षित स्थानमा सर्न आग्रह गरेको स्थानीय विपद् व्यवस्थापन विभागले जनाएको छ । 

 

Write a Comment