पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफ, छोरी र छोरा भ्रष्टाचारी ठहर
7-July-2018

जक्सन डटकम  
पोखरा, असार २३ 
भ्रष्टाचारको अभियोगमा पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई दश वर्षको जेल सजाय दिइएको छ । पाकिस्तानको एक अदालतले उनलाई लण्डनमा उनले किनेको चार वटा सुविधा सम्पन्न फल्याटसंग सम्बन्धित भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरेको हो । बीबीसीका अनुसार अदालतले सरिफकी छोरी मर्याम नवाज सरिफलाई ७ वर्ष र छोरा सफ्दर अवनलाई पनि एक वर्षको सजाय दिइएको छ । नवाज सरिफले भने यसलाई राजनीति प्रेरित भनेका छन् ।

सरिफ र उनकी छोरी भने श्रीमती कुसुम नवाजको क्यान्सर उपचारको क्रममा बेलयातमा रहेका छन् ।

न्यायाधीश मोहम्मद बासिरले सरिफलाई आफ्नो आम्दानी भन्दा बढीको सम्पति राखेकोमा दश वर्ष र भ्रष्टाचारको मुद्दा हेरिरहेको नेशनल एकाउन्टविलिटी व्यूरोलाई सहयोग नगरेकोमा थप एक वर्ष सजाय सुनाएको छ ।

त्यसैगरी छोरी मर्यामलाई अपराधका लागि ७ वर्ष र नेशनल एकाउन्टविलिटी व्यूरोलाई सहयोग नगरेकोमा थप एक वर्ष सजाय सुनाइएको छ ।

सोत्र:  कान्तिपुर

Write a Comment