जापानमा बाढि पहिरोमा परि ३७ को मृत्यु, धेरै जना सम्पर्कविहिन
8-July-2018


जक्सन डटकम
पोखरा, असार २४
जापानको पश्चिमी भागका विभिन्न क्षेत्रहरुमा निरन्तर भैरहेको बर्षाका कारण आएको बाढिमा परि शनिवार साँझसम्म कम्तिमा ३७ जनाले ज्यान गुमाएका छन् । पहिरो तथा पानीको उच्च बहावका कारण अन्य ५० जनाभन्दा बढि जना हराइरहेको समाचारमा क्योदो न्यूजमा उल्लेख छ । मृतकहरुमध्ये धेरैजना पहिरोमा परि मर्नेहरु छन् । करिव ४ लाख ७२ हजार घरपरिवारलाई सुरक्षित स्थानमा जान भनिएको छ । त्यस्तै प्रभावित क्षेत्रहरुमा आत्मरक्षा दल, प्रहरी तथा अग्नि नियन्त्रक कर्मचारीहरु गरि ४८००० जना खटिरहेको समाचारमा उल्लेख छ ।


हराइरहेकामध्ये केहीलाई खोलाले बगाएको हुनसक्ने आशंका गरिएको छ । अन्य दर्जनौ व्यक्तिहरु सम्पर्कविहिन रहेको समाचारमा उल्लेख छ ।
सामुन्द्रिक टापु होन्सुमा भिषण बर्षाका कारण आएको आँधीहुरी, पहिरो र बाढीमा परि सो संख्यामा हताहती भएको मौसम विभागलाई उद्दृत गर्दै जापानी सञ्चार माध्यमले जनाएका छन् । सो क्षेत्रमा इतिहासकै भिषण बर्षा भएको विभागको भनाई छ ।

त्यस्तै, राजधानी टोकियोबाट ६ सय किलोमिटर टाढाको शिकोकु टापुमा ५ सय ८३ मिलिमिटर बर्षा भएको छ । पूर्वी र पश्चिमी क्षेत्रमा भिषण बर्षाको जोखिम भोलीसम्म जारी रहने मौसम विभागले जनाएको छ । भिषण बर्षाका कारण पश्चिमी शहर हिरोसीमा, ताकासीमा, यामागुची लगायत क्षेत्रका करीब १६ लाख मानिसहरु प्रभावित भएको जनाइएको छ ।

Write a Comment